पोखरा प्रिमियर लिगः पारसको चितवन र दिपेन्द्रको धनगढी भिड्दै

कात्तिक १४, पोखरा । पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीयल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत बुधबार हुने पहिलो खेलमा चितवन राइनोज र एक्सपर्ट धनगढी ब्लुजले प्रतिस्पर्धा गर्दैछन् । 

पारस खड्काको चितवन र दिपेन्द्र सिंह ऐरीको धनगढी बीचको खेल बिहान ९ बजे सुरु हुनेछ । दुवै टीम आफ्नो तेस्रो खेल जित्ने लक्ष्यमा हुनेछन् । 

अघिल्ला दुई खेलमा पराजित भएको चितवनलाई प्ले अफमा पुग्न जित्न्नै पर्ने दबाब छ । 

null

अघिल्ला दुई खेल गुमाएको कारण धनगढीविरुद्ध चितवन दबाबमा हुनेछ । धनगढीविरुद्ध पराजित भएमा चितवनको प्ले अफ यात्रा लगभग सकिनेछ । 

कात्तिक ९ देखि सुरु भएको प्रतियोगिता कात्तिक २० गतेसम्म चल्नेछ । पीपीयलका विजेताले २७ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । जुन घरेलु क्रिकेटको सर्बाधिक पुरस्कार राशी हो । त्यस्तै उपविजेताले १० लाख पुरस्कार पाउनेछन् । 

हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ नगद पाउनेछन् भने हरेक खेलको विजेताले १५ हजार पाँच सय बोनसस्वरुप पाउनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *