पाँच वर्षअघि बन्द तुम्लिङ्गटारमा तिहारपछि नियमित उडान

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको एक मात्रै तुम्लिङ्गटार विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले पाँच वर्षपछि उडान भर्ने भएको छ । 

पाँच वर्षअघि बन्द भएको वायुसेवा निगमको जहाजले तुम्लिङ्गटारमा तिहारपछि नियमित उडान भर्ने तयारी गरेको जनाएको हो । पाँच वर्षअघि निगमको जहाजले तुम्लिङ्गटार—बिराटनगर, तुम्लिङ्गटार–काठमाडौ उडान भर्ने गरेको थियो । यात्रुको चापलाई मध्यनजर गर्दै तिहार पछि नियमित उडान भर्ने तयारी गरेको निगमका क्षेत्रीय निर्देशक नारायण पुरीले जानकारी दिए। 

उहाँको अनुसार, निगमले सानो टुइनेटर जहाज फेजआउट गरेको र ठूला जहाजको संख्या कम भएकाले उडान बन्द गरिएको थियो । अब निगममा जहाज थपिएकाले पुनः तुम्लिङ्गटार नियमित रुपमा संचालन गर्ने तयारीमा जुटेको हो । 

null

स्थानीयहरुले सरकारी निगमका जहाजले संखुवासभाबासीलाई धेरै राहत दिएकाले उडान बन्द नगर्न पटक—पटक आग्रह गर्दा पनि सुनुवाई भएको थिएन । फेरि अहिले संचालनमा आउने खबरले संखुवासभाबासीन्दामा हौसला थपिएको स्थानीयहरुको भनाइ छ । 

सरकारी निगमका जहाजमा स्थानीयहरुलाई केही राहत हुने गरेको स्थानीयहरुको बुझाइ छ । सिकिस्त बिरामी पर्दा र सारोगारो पर्दा सरकारी जहाजमा अलि सहज हुने उनीहरु बताउँछन् । 

अहिले तुम्लिङ्गटारमा निजी क्षेत्रका बुद्ध र यति एयरलाइन्सले नियमित रुपमा तुम्लिङ्गटार–काठमाडौं र बिराटनगर उडान भर्दै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *