पीपीयल: विराटनगरले बुटवललाई दियो १ सय ४१ रनको लक्ष्य (लाइभ)

कात्तिक १४, पोखरा । पोखरा प्रिमियर लिग (पीपीयल) अन्तर्गत पोखरा रंगशालामा जारी बुधबारको दोस्रो खेलमा विराटनगर बुटवललाई १ सय ४१ रनको लक्ष्य दिएको छ । 

टस जितेर ब्याटिङ रोजेको विराटनगर टाइटान्सले बुटवल ब्लास्टरसामु १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको हो । 

निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन जोड्यो । विराटनगरका विदेशी (पाकिस्तानी) खेलाडी मोहम्मद जाहिद अलामले उत्कृष्ट ब्याटिङ गरे । 

null

अलामले ४५ बलमा ७२ रनको पारी खेले। सो क्रममा उनले ६ चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै प्रदीपसिंह ऐरीले ४१ रन जोडे। जितेन्द्रसिंह ठकुरीले २ रन बनाए भने जायद र प्रदीप ऐरीले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे । अर्का ओपनर सुनील धमला भने डकआउट भए। 

यस्तै राजेशपुलामी मगरले १, राजु रिजालले ८, सन्दीप लामिछानेले १ रन बनाए भने प्रदीप ऐरीले ४१ रन बनाए। उनले ४३ बलमा ३ चौका प्रहार गरेका थिए। विराटनगरका लागि पुष्प थापाले नटआउट ४ रन जोडे। 

बुटवलका लागि ललितसिंह भण्डारीले २ तथा विपिन खत्री, सांसद सेख र सागर पुनले समान १९१ विकेट लिए। 

https://youtu.be/cAYcm4EvlRA 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *