नोबेल मेडिकल कलेजमा नयाँ विद्यार्थीलाई अभिमुखिकरण

कात्तिक ११, विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरुलाई आईतबार अभिमुखिकरण कार्यक्रम गरी स्वागत गरेको छ । कलेजमा भर्ना भएका एमबीबीएस, बीडीएस र बी.एस्सी नर्सिङ संकायका नयाँ विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरिएको हो । 

कार्यक्रममा नयाँ विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराउँदै औपचारिक रुपमा स्वागत गरिएको नोबेल मेडिकल कलेजका प्राचार्य डा.रामहरी घिमिरेले जानकारी दिए । 

 

null

कार्यक्रममा नोबेल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद आचार्य, प्राचार्य डा.घिमिरे, कलेजका अन्र्तराष्ट्रिय निर्देशक निरञ्जन कुमार, नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, शैक्षिक कार्यक्रम संयोजक डिल्लिराम निरौला, प्राद्यापक कमल प्रसाद पराजुली लगायतले कलेजको बारेमा बताउँदै पढाईमा राम्रो मेहनत गर्न विद्यार्थीहरुलाई सुझाव दिए । 

 

नोबेलमा एम.डी, एमएस, एमबीबीएस, बीडीएस, बी. एस्सी नर्सिङ, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिनिस्ट, डिफार्म लगायत संकायमा करिब २ हजार विद्यार्थी अध्ययनरत छन् । 

 

नोबेलमा नेपालका विभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् । गुणस्तरीय शिक्षा र उपयुक्त शैक्षिक वातावरणका कारण स्वास्थ्य शिक्षा अध्ययनका लागि विद्यार्थीहरुको प्रमुख रोजाईमा नोबेल पर्ने गरेको सञ्चालक डा.सुनिल शर्माको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *