बाली नोक्सान भएपछि भारतीय कृषकले गरे आत्महत्या

कात्तिक ९, भवानीपट्ना । भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन् । 

स्थानीयबासीका अनुसार परमानन्द लहाजलले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनको चार एकड जमिनमा लगाइएको बालीमा क्षति पुगेको थियो । श्रीमतीको सुनका गरगहना धितो राखेर लिएको ३५ हजार भारु ऋण पनि डुबेको थियो । 

परमानन्दलाई स्थानीयबासीले उपचारका लागि नजिकको अस्पताल तत्कालै पु¥याए पनि बचाउन सकिएको थिएन । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *