जाडो मौसममा कस्तो फेशन गर्ने ?

हेर्दा हेर्दै जाडो मौसम पनि हामी बिच आईसकेको छ । जाडोमा पनि प्रायः महिलाहरु आफूलाई स्लिम र राम्री देखाउने चाहना राख्दछ । कस्तो फेशन गर्ने धेरैको चिन्ताको बिषय रहेको छ । त्यसका लागि लुगाको छनोट गर्दा विशेष ध्यान दिनु जरुरी छ । जाडो मौसममा लागि पस्मिनाको कपडा प्रयोग गर्न सकिन्छ । पस्मिनाको स्वेटर, पन्जुलगायतका सामग्री बजारमा उपलब्ध हुन्छन् । यस्तो कपडा प्रयोग गर्दा स्टाइलिस पनि देखाउँने गर्दछ । जाडोमा हुट र स्वेटरका लागि उलनको कपडा पनि उपयुक्त हुन्छ । जाडोको समयमा उलन पनि निकै उपयुक्त कपडा हो । 

जाडोमा फेसनेबल बन्नका लागि भेल्बेटको कपडा पनि उपयुक्त हुन्छ । भेल्बेटको कोट मात्र नभएर गाउन, वानपिस नै बजारमा पाइन्छन् । यसले शरीरलाई स्लिम देखाउनुका साथै न्यानो पनि बनाउँछ । 

पछिल्लो समय नेपाली ढाका निकै रुचाइएको कपडा हो । नेपालमा मात्र नभएर नेपालबाहिर पनि ढाका कपडाको माग अत्यधिक छ । जाडो समयमा ढाकाको कोट प्रयोग गर्दा पनि उपयुक्त हुन्छ । ड्रेस कम्बिनेसनका लागि स्वेटर, हुट र जिन्स पाइन्ट पनि आकर्षक देखिन्छ । आजभोलि जाडो समयका लागि भुवा भएको जिन्सको पाइन्ट बजारमा उपलब्ध छ । आफूलाई आकर्षक देखाउनका लागि यही ड्रेसमा बुट प्रयोग गर्नु उपयुक्त हुन्छ । 

null

पार्टीवेयरका लागि लङ कोट आकर्षक हुन्छ । कोटमा म्याच गर्ने सकिङ र लङ बुटले मान्छेको व्यक्तित्व अझ बढी अकर्षक देखाउँछ ।अहिलेका युवतीहरूले ब्लेजर पनि अत्यधिक रुचाएका छन् । व्यक्तित्वलाई आकर्षक देखाउनका लागि ब्लेजर पनि प्रयोग गर्न सकिन्छ । यो जस्तो कपडासँग पनि सुट हुन्छ र ४० वर्षसम्मका महिलाले पनि यसको प्रयोग गर्न सक्छन् । 

जाडो मौसममा डार्क कलर छनोट गर्दा राम्रो हुन्छ । डार्क धेरैलाई मन पर्ने कलर पनि हो । यस्तो कलरले ड्रेसअपलाई आकर्षक देखाउनुका साथै शरीरलाई हिट पनि दिन्छ । ब्ल्याक कलर जाडो मौसममा अति उपयोगी हुन्छ । नयाँपत्रिकाबाट । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *