जापानमा फेरी भूकम्प

कात्तिक ९, टोकियो । जापानमा शुक्रबार भूकम्प गएको छ । उत्तरी जापानको होक्काइदो द्वीपमा ५.६ रिक्टर स्केलको भूकम्प गएको हो । स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ बजेर ४ मिनेट जाँदा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । 

यस भूकम्पको केन्द्रविन्दु साप्पोरो शहरबाट ३७० किलोमटिर उत्तर–पूर्वी भूभागमा रहेको बताइएको छ । उक्त भूकम्पको केन्द्रविन्दु ३० किलोमिटर गहिराइमा रहेको थियो । यस भूकम्पपछि सुुनामीको सूचना भने दिइएको छैन । 

जापानमा गत सेप्टेम्बर ६ मा होक्काइदो द्वीपमा गएको ६.७ रिक्टर स्केलको भूकम्पबाट ४१ जनाको मृत्यु हुनुका साथै ६५० भन्दा बढी व्यक्ति घाइते भएका थिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *