आईसीसी विश्वकप क्रिकेटको ट्रफी पोखरामा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको ट्रफी काठमाडौं ल्याइएको छ । आउँदो वर्ष इंग्ल्याण्ड र वेल्समा आयोजना हुने विश्वकपको ट्रफी ‘वल्र्ड टुर’ अन्र्तगत शुक्रबार नेपाल ल्याइएको हो । 

काठमाडौं ल्याइएको ट्रफीलाई स्वयम्भूमा सार्वजनिक गरिएको थियो । आउँदो सोमबारसम्म नेपालमा रहने ट्रफी शनिबार पोखरा लैजाने जनाइएको छ । पीपीएलका लागि नेपाली क्रिकेटरहरु अहिले पोखरामा व्यस्त भएकाले त्यहाँ पनि ट्रफी प्रदर्शन गरिने छ । 

पोखराबाट काठमाडौं ल्याएपछि आइतबार बिहान चन्द्रगिरि र सोमबार वसन्तपुरमा प्रर्दशन गरिने छ । ट्रफी टुरको मुख्य उद्देश्य क्रिकेटको क्रेज बढाउनु र पर्यटन प्रवर्द्धन गर्नु रहेको क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत तथा आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् । 

null

उनले पोखरा रङ्गशालाका साथै फेवाताल र सराङकोटसम्म पुर्याउने तालिका छ, समयले भ्याएसम्म रुपा ताल र बेगनासतालसम्म ट्रफी लगिने पनि जानकारी दिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *