नवरात्रिको चौथो दिन, आज कुष्माण्डाको पूजा गरि‌ँदै

काठमाडौं- नवरात्रिको चौथो दिन देवी कुष्माण्डाको पूजा गरिँदै छ। आफ्नो मदमाधुर्यको बलले अण्ड यानी ब्रह्माण्ड उत्पन्न गरेकोले यी देवीको नाम कुष्माण्डा भनिएको हो। कुष्माण्डालाई सृष्टिको आदिस्वरुपा र आदि शक्तिकी देवी पनि भन्ने गरिएको छ।  

यी देवीको आठवटा हात रहेको छ। यिनलाई त्यसैले अष्ठभूजा पनि भन्ने गरिएको छ। यिनको सातवटा हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र, तथा गदा रहेको हुन्छ। आठौं हातमा सबै सिद्धि तथा निधि प्रदान गर्नेवाला माला रहेको देखिन्छ। 

यी देवीको बाहन सिंह हो। यिनलाई कुपिण्डोको बलि प्रिय लाग्दछ। संस्कृतमा कुपिण्डोलाई कुष्माण्डा भनिन्छ। यी देवीको बास सूर्यमण्डलभित्र रहेको स्थानमा हुन्छ। सूर्यलोकमा रहनसक्ने क्षमता केवल यिनमा मात्रै रहन्छ। 

null

त्यसैले यिनको शरीरको कान्ति तथा प्रभा सूर्यको भान्ति जस्तै देदिप्यमान रहेको छ। यिनकै दिशाले दश दिशा आलोकित बनेको छ। यिनकै कारणले ब्रह्माण्डका सबै बस्तु तथा प्राणीमा तेज व्याप्त रहेको छ।  

अचन्चल तथा पवित्र मनले नवरात्रिको चौथो दिन यस देवीको पूजा आराधना गर्नुपर्दछ। यसले भक्तको रोग तथा शाकको नष्ट गरिदिन्छ। तथा उसको आयु, यश, बल तथा आरोग्य बृद्धि हुने विश्वास गरिन्छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =