करेसाको औषधि कागती

कात्तिक ११, काठमाडौँ । कागती एक प्रकारको रसिलो तथा अमिलो फल हो । कागतीमा भिटामीन सी प्रशस्तै पाइन्छ । सबै कागतीहरु सर्वगुणकारी हुने भएपनि कागतीलाई सबैभन्दा राम्रो मानिन्छ स्वास्थ्यको हिसाबले । यसले स्वास्थ्यमा विभिन्न समस्या आउनबाट रोक लगाउनुका साथै लागेका रोग पनि निको पार्न मद्दत पुर्याउँछ । साथै मोटोपना घटाउन र मोटोपना ननिम्त्याउन पनि यसको प्रयोग गर्ने गरिन्छ । 

१) कपाल झरेमा, कपाल सेतो भएमा, कपालमा चायाँ तथा जुम्रा परेमा कागतीको रसमा अमलाको धुलो मिलाएर कपाल धुनाले समस्या समाधान हुन्छ । 

२) खाना बनाउँदा कागतीको रस केही थोपा हाल्नाले चामल एक अर्कामा जोडिंदैन तथा चमकिलो भएर पाक्ने गर्दछ । 

null

३) डण्डिफोर हटाउनकाे लागि कागतीको रसमा मलाई मिलाएर एक महिना सम्म अनुहारमा लागाएमा डण्डिफोर हट्ने तथा अनुहार चम्किलो हुन्छ । 

४) कागतीको रसमा मरिच धनियाँ तथा भुटेको जिरा मिलाएर सेवन गरेमा पेटको विकार हट्दछ । 

५) शरीरको कुनै भागमा चिलाएमा नरिवलको तेलमा कागतीको रस मिलाएर लगाउनाले चिलाउन छोड्छ । 

६) तरकारी दाल सलाद आदिमा कागतीको रस मिलाउनाले स्वाद बढ्छ । 

७) कागतीको नियमित सेवनबाट शरीरको तौल नियन्त्रण चमत्कारिक ढंगले हुने गर्दछ । शरीरको मोटोपना घटाउन कागती र मह मिलाएको पानी नियमित रुपमा महिनाभर लिनाले फरक देखिन थाल्दछ । 

८) कागतीमा भिटामिन सी भरपुर मात्रामा रहने भएकाले यसको सेवनबाट शरीरको मेटाबॉलिज्म बढ्न जाने तथा वजन घट्ने हुन्छ । दैनिक खाली पेटमा तातोपनी कागती र मह मिलाएर खानाले बजन घट्दछ । 

कागती सबै मौसममा पाइने अत्यधिक फलदायि फल हो । यसले खानामा मात्र स्वाद बढाउने नभै यसमा औषधीय तथा सौन्दर्यवर्धक गुण समेत रहने गर्दछ । यसमा भिटामिन सी को पर्याप्त स्रोत पाइन्छ । 

१) नरिवलको तेलमा कागतीको रस मिलाएर रातमा हल्का हातले लगाउने तथा बिहान कपाल धुने गर्नाले कपालको खुश्की हट्दछ । 

२) कपाल धुने समयमा कागतीको केही थोपा पानीमा हालेर सो पानीबाट कपाल धुने गरेमा कपाल मुलायम हुने कपाल झर्न कम हुने तथा खुश्की या चाया समेत कम हुन्छ । 

३) नरिवलको तेलमा कागतीको रस तथा कपुर लगाएर मालिस गर्नाले कपालमा हुने रोग रहन्न । 

४) बिहान नुहाउनु भन्दा अगाडि कागतीको बोक्रा मुखमा लगाएर विस्तार विस्तार २–३ मिनेट मोलेर धुने लगातार १०–१५ दिनसम्म गर्नाले मुख सफा हुने गर्दछ । यो बजारमा पाइने कुनै पनि प्रकारको ब्लिचिङ्ग क्रिम या ब्युटीपार्लरको ब्लिचभन्दा कम हुँदैन । 

५) कागतीको रस र गुलावजल समान मात्रामा मिलाएर अनुहारमा लगाउनाले केही दिनमै अनुहार बेदाग तथा छाला नरम र स्वच्छ हुन्छ । 

६) कागतीको रस र तुलसीको पातको रस समान मात्रामा मिलाएर कुनै काँचको भाँडामा राखेर दिनमा कमसेकम दुईपटक अनुहारमा लगाउँनाले यसमा रहने मैलो तथा अन्य प्रकारको निशाना समेत मेटिने गर्दछ । 

७) अनुहार जलेमा या अनुहारमा कालो दाग परेमा टमाटरको गुदीमा कागतीको रसको मिलाएर बिहान बेलुका लगाउने तथा केही समयपछि धुनाले फाइदा गर्दछ । 

दाद रोगः पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ । 

घाँटी बसेमाः मनतातो पानीमा कागतीको रस, नून हालेर बिहानरबेलुका गारगल गर्नाले घाँटी बसेको ठीक हुन्छ । ओठ फुटेमाः दूधको तरमा कागतीको रस मिसाएर दिनको २–३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ । 

फियो बढेमाः कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप गरेमा ठीक हुन्छ । अजीर्ण (खाएको नपच्ने) भएमाः छोकडा, मरिच, सिदेनुन, मुनक्का दाख र जीरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान–बेलुका खाना खानु अगाडि ११ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, पखाला लाग्ने जस्ता रोग निको हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ । 

ढाड दुखेमाः दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ढाड दुखेको ठीक हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *