पर्मानेन्ट मेकअप के हो ?

आजभोली मेकअप गर्ने शैलीमा नयाँ–नयाँ प्रविधि भित्रिरहेका छन् । आफूलाई सुन्दर देखाउन मानिस पनि मेकअपमा निकै कन्सस हुन थालेका छन् । तर, सचेत हुँदाहुँदै पनि कतिपय गलत मेकअपको सहारा लिन पुग्छन् । त्यसैले कतिको लामो समयसम्म मेकअप नटिक्ने समस्या पनि हुन्छ । 

त्यस्ता मानिसका लागि वाटरप्रुफ मेकअप फलदायी हुन सक्छ, जसलाई पानी र पसिनाले कुनै असर पुर्याउँदैन । त्यस्तै, नेपालमा पर्मानेन्ट मेकअप पनि सुरु भइसकेको छ । समयको बचत गर्न चाहने र व्यस्त मानिसका लागि यस्तो मेकअप निकै उपयोगी बन्न सक्छ । 

के हो पर्मानेन्ट मेकअप ?पर्मानेन्ट मेकअप लामो समयसम्म टिक्छ । यसलाई मचाहिँ सेमी–पर्मानेन्ट मेकअप भन्न रुचाउँछु । यस्तो मेकअप एकपटक गरेपछि तीन वर्षसम्म टिक्छ । 

null

मेकअप कस्तो हुन्छ ?पर्मानेन्ट मेकअपमा सबैभन्दा बढी आइब्रो र ओठको मेकअप पर्छ । यसमा मानिसको चाहनाअनुसारको मेकअप गर्न सकिन्छ । जस्तो कि आइब्रोको कलर चेन्ज, आइब्रोलाई मोटो बनाउने आदि । 

ओठमा पनि विभिन्न प्रकृतिको मेकअप गर्न सकिन्छ । जुनसुकै कलर राखेर पनि ओठको मेकअप गर्न सकिन्छ । कसैलाई कालो, कसैलाई गुलाबी ओठ मन पर्न सक्छ । मानिसको इच्छाअनुसार नै ओठको कलर चेन्ज गर्न सकिन्छ । 

स्वास्थ्यमा असर ?पर्मानेन्ट मेकअपले स्वास्थ्यमा कुनै प्रकारको नकारात्मक असर पर्दैन । मेकअपलाई छालाको माथिल्लो भागमा राखिन्छ । तर, मेकअप गर्दाचाहिँ होसियारी अपनाउन जरुरी छ । अनुभवी ब्युटिसियनबाट मात्र यस्तो मेकअप गर्नुपर्छ । यदि मेकअप गर्ने मानिसको छनोटमा ध्यान नदिएमा नबस्ने समस्यासमेत हुन सक्छ । 

कस्ताले नगर्ने ?विचार पुरर्याउँनु पर्ने कुरा के भने सबै मानिसले यस्तो मेकअप गर्नचाहिँ मिल्दैन । डायबिटिज, ब्लडप्रेसर, छालाको संक्रमण हुने व्यक्तिले यस्तो मेकअप भुलेर पनि गर्नुहुँदैन । 

मेकअपपछि के गर्ने ?मेकअपपछि सात दिनसम्म छाला सुक्खा राख्नुपर्छ । घाममा हिँड्नु हुँदैन । बाथ लिँदा पनि मेकअप बिग्रन या जान सक्छ । धुलोबाट बच्ने, बढी पसिना बग्ने गरी काम नगर्ने गर्दा राम्रो हुन्छ । कहिलेकाहीँ पसिनाले मेकअप बढाउने पनि समस्या हुन सक्छ । 

कति लाग्छ खर्च ?यस्तो मेकअपमा इंक र लिक्विडको प्रयोग गरिन्छ । मेकअप राख्ने वेला दुखाइ हुन्छ । मेसिनरी सामग्रीका माध्यमबाट यस्तो मेकअप गरिन्छ । मेकअप गर्दा निडल्सको पनि प्रयोग गरिन्छ । मेकअपको क्वालिटीअनुसार मूल्य निर्धारण गरिन्छ । नेपालमा १० देखि १८ हजार रुपैयाँसम्म यस्तो मेकअप गर्न सकिन्छ । नेपालपथबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *