घरेलुु मैदानमै पीएसजी संकटमा, डिमारियाले जोगाए हारबाट

एजेन्सी । एन्जल डि मारियाले अन्तिम समयमा गोल गरेपछि च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले ईटालियन क्लब नापोलीसंग बराबरी खेलेको छ । 

बुधबार राति भएको खेलमा खर्चिलो क्लब पीएसजीले घरेलु मैदानमा नापोलीसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । लोरेन्जो इन्साईनले नापोलीलाई खेलेको २९ औ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । 

 

null

मारियो रुईको आत्मघाति गोलमार्फत पीएसजीले खेल बराबरीमा ल्याएको थियो । ७७ औ मिनेटमा मार्टिन्जले गोल गर्दै नापोलीलाई जिततर्फ उन्मुख गराएका थिए । तर दोस्रो हाफको इन्जुरी समयमा डि मारियाले गोल गर्दै ईटालियन क्लबसंग अंक खोस्न सफल भए । 

 

फ्रान्सेली लिगमा अपराजित पीएसजी च्याम्पियन्स लिगमा कमजोर देखिएको छ । समुह सीमा पीएसजी ३ खेलबाट ४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । नापोली ५ अंक सहित दोस्रो र शीर्ष स्थानको लिभरपुलको ६ अंक छ । 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *