मार्टिनेज र लेवान्डोस्कीको गोल, वायर्न म्युनिखको सहज जित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा पाहुना टोली वायर्न म्युनिखले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा जर्मन क्लब वायर्नले ग्रिकको एईके एथेन्सलाई २–० ले हराएको हो । 

वायर्नको जितमा जाभी मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले समान एक एक गोल गरे । 

 

null

पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि जर्मन महारथीले दोस्रो हाफमा गोल निकाल्न सफल भयो । मार्टिनेजले ६१ औ मिनेटमा वायर्नलाई दिलाएको अग्रतालाई लेवान्डोस्कीले त्यसको दुई मिनेटमा दोब्बर बनाएका थिए । 

 

हारपछि घरेलु टोली एथेन्सको अघिल्लो चरण प्रवेशको सम्भावना अझ कठिन बनेको छ । वायर्न ३ खेलबाट ७ अंक सहित समुह र्इकाे शीर्ष स्थानमा यथावत छ । एथेन्स अंक विहिन हुँदै चौथो स्थानमा छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *