भाकपाका नेता यचुरीद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता

कात्तिक ९, काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (भाकपा) मार्क्सवादीका महासचिव सीताराम यचुरीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलसँग भेटवार्ता गरेका छन् । 

बिहीबार नेपाल भ्रमणमा आएका भाकपाका महासचिव यचुरीले शुक्रबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका हुन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निमन्त्रणामा शुक्रबार हुने पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीमा सहभागी हुन उनी नेपाल आएका हुन् । 

null

दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भई नेकपा बनेपछि आयोजना गर्न लागिएको चियापानमा सहभागी हुन नेकपाले यचुरीलाई विशेष निमन्त्रणा गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *