बांकेको औद्योगिक क्षेत्रका विषयमा विस्तृत अध्ययन गरिने

साउन १८, नेपालगन्ज । बांकेको नौवस्तामा औद्योगिक क्षेत्रका लागि विस्तृत अध्ययन गर्न आज नेपालगंजमा सर्वपक्षिय निर्णय गरिएको छ । नेपाल सरकारको क्याविनेट बैठकबाट गत वर्ष उद्योगमन्त्रि सोम प्रसाद पाण्डेले घोषणा गरेको नौवस्ता आद्योगिक क्षेत्र एक वर्ष भइसक्दा पनि काम सुरु हुन नसकेको अवस्थामा आज मात्र यस्तो निर्णय गरिएको हो ।
औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आयोजनामा भएको बैठकमा औद्योगिक क्षेत्र विस्तारका लागि डिपिआर अर्थात् डिटेल प्रोजेक्ट रिपोर्ट गर्ने विषयमा सहमति भएको हो ।

गत साल फागुन १ गते नेपाल सरकारले प्रदेश स्तरीय ठुला औद्योगिक क्षेत्र स्थापनार्थ बाँके जिल्लाको साविको नौवस्ता गाविसको पितमारी डाँडा र अहिलेको बैजनाथ गाँउपालिका वडा नम्बर २ स्थित ५ सय २५ विगाहा क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । औद्योगिक क्षेत्र घोषणा गरेको एक वर्ष वितिसक्दा समेत अहिलेसम्म डिपीआर हुन नसकिरहेको अवस्थामा आज बसेको सर्वदलिय बैठले सरकारले ३ सय ३८ वर्ग किलोमिटर क्षेत्रको लालपुर्जा आद्योगिक क्षेत्रको नाममा बनेर आइसकेकोले अव त्यस क्षेत्रमा पर्ने स्थानियहरूलार्इ सम्झाइ बुझाइ गरी राजनीतिक दलहरूले सहयोग गर्नुपर्ने धारणा राखिएको थियो ।

कार्यक्रममा बोल्दै आद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रबन्ध निर्देशक नन्नकिशोर बस्नेतले, “सरकारले घोषणा गरेको आद्योगीक क्षेत्रमा स्थानीयका घरबास उठाइन्छ भनेर नकारात्क प्रचार गर्नुभन्दा आद्योगिक क्षेत्र स्थापनाका पछि फाइदाका कुरा बुझाई स्थानीयलाई पनि साथसाथै लग्नुपर्ने धारणा राखनुभयो ।”” त्यस्तै, क्षेत्र नम्बर ४ का सांसद दल बहादुर सुनारले, “”अन्य सबै प्रदेशको ओद्योगीक क्षेत्रको काम सुरु भइसक्दा पनि घोषणा भएको वर्ष दिन  हुँदा समेत एक प्रतिशत काम पनि नहुनु दुखद रहेको बताउनुभयो ।”” भोटका आधारमा राजनीतिक दलले एकअर्का दलविरुद्ध भ्रमात्मक प्रचार गर्नुभन्दा सबै दलले तत्कालीन फाइदा भन्दा दीर्घकालीन सोच राखेर काम गर्नुपर्ने उहाँको भनाइ रहेको थियो ।

त्यस्तै, क्षेत्र नम्बर १ बैजनाथ गााउपालिका अध्यक्ष मान बहादुर रुचाललले आफ्नो गााउपालिका क्षेत्रमा पर्ने औद्योगिक क्षेत्रको स्थापानार्थ आफूले सरकालार्इ सहयोग गर्न तत्पर रहेको बताउनुभयो । तर, सरकारले आद्योगित क्षेत्रभित्र पर्ने घरहरुको संवेक्षण गरी स्थानान्तर वा मुआब्जाका विषयमा तत्काल पहल गर्नुपर्ने धारणा राख्नुभयो । उक्त कार्यक्रममा क्षेत्र नम्बर १ का सांसद देवराज भार, नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, एमाले बाँकेका अध्यक्ष अशोक कोइराला, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य, कोहलपुर उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष नरेन्द्र प्रसाद शर्मा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारहरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *