ताप्लेजुङमा तीन हजार मतदाता थपिए

ताप्लेजुङ, साउन १७ । ताप्लेजुङमा पन्ध्र दिनको अवधिमा तीन हजारभन्दा बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले फोटोसहितको मतदाता नामावली दर्ता सुरु गरेको साउन १ देखि १५ गतेसम्ममा तीन हजार ६१ जना मतदाता थपिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार फोटोसहितको मतदाता नामावली दर्ता सुरु गरिएसँगै नाम दर्ता तथा अद्यावधिक गर्नेको भीड लागेको थियो । साउन १५ गतेसम्ममा एक हजार ४ सय १८ महिला र एक हजार ६ सय ४३ जना पुरुषले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी गणेश अधिकारीले जानकारी दिनुभयो ।

आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले साउन १ गतेदेखि देशैभर फोटोसहितको मतदाता नामावली दर्ता तथा अध्यावधिकको कार्य सुरु गरेको हो । यसैबीच जिल्ला कै सबै तहमा फोटोसहितको मतदाता नामावली दर्ता कार्य सुरु गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *