‘आउन माया पछाडी’ भन्दै ‘कार्टुन्ज क्रु’

साउन १७, काठमाडाै । ‘कार्टुन्ज क्रु’ लाई फिचरिङ गरिएको नयाँ गीत ‘जता जता पिरतीको बाटो….’ सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युबमार्फत गीतको भिडियोलाई मंगलबार दिउँसो २ बजे सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गतबर्ष सार्वजनिक भएको पल शाह र धुर्मुस सुन्तली अभिनित ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’ गीतको सिक्वेलको रुपमा आएको हो ।

शुभ मिडिया होमको प्रस्तुति रहेको गीतमा सरोज ओलीको स्वर रहेको छ । गीतमा दिनेश थपलियाको शब्द तथा चर्चित संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ । उदय राज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई चर्चित सिनेम्याटोग्राफर संजय लामाले खिचेका हुन् । भिडियोको ब्यवस्थापनको पाटो बिष्णु बुढाथोकीले सम्हालेका थिए ।पोखराका रमणीय स्थानहरुमा सुटिङ गरिएको भिडियोमा पल शाहलाई पनि फिचरिङ गरिएको छ । भिडियोमा कार्टुन्ज क्रुको मेम्बरहरुको कमेडी पाटोलाई देखाईएको छ ।

कार्टुन्ज क्रु का सरोज अधिकारीका अनुसार यो भिडियो आफुहरुको लागि कमब्याक भिडियो रहेको बताएका छन् । उनी भन्छन्, ‘हाम्रो भिडियोहरु पहिला धेरै नै रुचाइन्थ्यो भने कतिले एउटै स्टेपहरु भयो भनी प्रतिक्रियाहरु आउथ्यो ति सबै प्रतिक्रियाहरुलाई मध्यनजर गरेर हामीहरुले यो भिडियो बनाएका हौँ । यो भिडियोको लागि हामीले २०/२५ दिनभन्दा धेरै रिर्हलसल गरेका छौँ ।’

यो भिडियोबाट नै आफुहरुले कमब्याक गर्न लागेकोले यसमा अरुभन्दा धेरै मेहनत गरेको कार्टुन्ज क्रुका सरोज अधिकारीको भनाई छ । उनि भन्छन्, ‘हामीले यो भिडियोको लागि अडिसन समेत लिएका थियौँ । अहिलेसम्म बनेका भिडियो मध्ये हामीहरुलाई पनि सबैभन्दा मन परेको भिडियो हो ‘जता जता पिरतीको बाटो’ ।’ गीतको भिडियोले सबैतिरबाट राम्रो प्रतिक्रिया आउनेमा आफुहरु आशावादी रहेको काटुन्ज क्रु को भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *