पूर्व स्टार खेलाडीहरू रियल म्याड्रिडविरुद्ध उत्रदै

एजेन्सी – रियल म्याड्रिडका पूर्व खेलाडी एवम् फिफा प्लेयर अफ द इयरका पूर्व विजेता ब्राजिलियन मिडफिल्डर काकाले प्रि सिजनको खेल अन्तर्गत रियल म्याड्रिडको सामना गर्ने भएका छन् । हाल अमेरिकामा रहेको स्पेनिस च्याम्पियन रियलले एमएलएस (मेजोर लिग सकर) को अल स्टार टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

बुधबार हुने खेलमा अर्लान्डो सिटीबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका मिडफिल्डर काकासँगै सिकागो फायरका बास्टियान स्वाइन्सटाइगर, टिम हवार्ड लगायतका खेलाडीहरु अल स्टार टोलीबाट खेल्नेछन् । गत सिजन आर्सनल विरुद्ध भएको खेलमा इङ्गलिस टोलीले २-१ को जित हात पारेको थियो ।

अल स्टार टोलीमा सन्डरल्याण्डका पूर्व स्ट्राइकर जोजी अल्टिडोर, टोटेनहमका पुर्व खेलाडी जिओभानि दस स्यान्टोस, रोमाका पूर्वखेलाडी माइकल ब्राडली पनि रहनेछन् । यसैगरि स्पेनका लागि युरो एवं विश्वकप जितेका फरवार्ड डेबिड भिल्ला पनि अल स्टार टोलीमा रहनेछन् ।

बुधबार हुने खेलमा रियल म्याड्रिडका लागि स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बाहेकका सबै खेलाडी उपस्थित हुनेछन् । अमेरिका टुरमा रहेर कुनै खेल जित्न नसकेको म्याड्रिडले यस अन्तिम खेलमा सुखद नतिजा निकाल्ने प्रयास गर्नेछ । म्याड्रिडले अर्को साता हुने यूइएफा सुपर कपमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *