ट्रिपरको ज्यादती रोक्न विषेश कदम चाल्ने ट्राफिक प्रमुख खनालकाे चेतावनी


“
काठमाडौं , साउन १६ । काठमाडौं उपत्यकाभित्र ट्रिपरले सडकमा दुःख दिने गरेको धेरै गुनासो आएपछि महानगरीय ट्राफिक प्रमुख सर्वेन्द्र खनालले ट्रिपरको ज्यादती रोक्न विषेश कदम चाल्ने चेतावनी दिएका छन् ।
“सडकमा ट्रिपर व्यवसायीको मनोमानी चलेको गुनासो धेरै आएको छ,” महानगरीय ट्राफिक प्रमुख खनालले भने, “साना सवारीलाई गन्दै नगन्ने, सात्तो लिने गरेको गुनासो धेरै बढ्यो । ट्रिपरकै कारण सडक दुर्घटना बढेको धेरै गुनासो आयो । त्यस्ता खाले ट्रिपरको पहिचान गरी उनीहरुलाई छाडिँदैन,” उनले भने ।
गुन्डागर्दी गर्नेले पनि पनि ट्रिपर चलाएको आफूले थाहा पाएको भन्दै उनले तिनलाई पनि तह लाउने बताए । “केही गुन्डाले अरुको नाममा डाँडापाखा भाडामा लिएर ट्रिपर सञ्चालन गर्ने गरेका छन् । उनीहरुका कारण स्वच्छ रूपमा व्यवसाय गर्नेहरु मर्कामा परेको कुरा मलाई जानकारी छ । यसरी गलत तरिकाले व्यवसाय गर्नेको व्यवसायमा ‘वाट’ लाग्छ, हेर्दै जानू,” उनले भने । उनीहरुको दादागिरी रोक्न विषेश अभियान चलाउने ट्राफिक प्रमुख खनालले जानकारी दिए ।
“
