भारतीय राजदूत सिंहको सम्मान

काठमाडौँ, १६ साउन । भारतीय राजदूत सन्जिभ सिंह पुरीको सम्मानमा धर्मकीर्ति विहार, नःघलले आज एक कार्यक्रमको आयोजना ग¥यो । सो अवसरमा राजदूत सिंहले दुई मुलुकबीच जनस्तरमा मात्र नभई सांस्कृतिक सम्बन्ध पनि सदिँयौंदेखि प्रगाढ रहँदैआएको बताउनुभयो ।

धर्मकीर्ति विहार र भारतीय राजदूतावासबीच रहँदै आएको सहयोगात्मक सम्बन्धलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिने वचनबद्धता उहाँले प्रकट गर्नुभयो ।

विहार प्रमुख अनगारिका धम्मावतीले धर्मकीर्ति विहारलाई भारत सरकारबाट प्राप्त भइआएको सहयोग आउँदा दिन पनि जारी रहने विश्वास व्यक्त गर्दै राजदूत सिंहको सुस्वास्थ्यको कामना गर्नुभयो । राजदूत सिंहलाई विहारका तर्फबाट अनगारिका धम्मावतीले ‘मायाको चिनो’ पनि प्रदान गर्नुभएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *