पोखरामा शुरु भयो ‘मेगा एजुकेशन फेयर’

काठमाडौं, साउन १६ । आज सोमबारदेखि पोखरामा ‘मेगा एजुकेशन फेयर’ दोस्रो संस्करण शुरु भएको छ ।

मेलाको संयुक्त उद्घाटन ब्रिटिस काउन्सिल, ग्लोबल रिच र कंगारु एजुकेशनका प्रतिनिधिले गरेका थिए । उक्त उदघाटन समारोहमा आयोजक तथा वान अप एजुकेशनका अध्यक्ष रवी झाले प्रतिनिधिहरुलाई खादा लगाएर सम्मान गरेका हुन् ।

मेगा फेयर आजदेखि तीन दिन सम्म चल्ने आयोजक वान अप प्रा.लि.का अध्यक्ष झाले बताएका छन् । शैक्षिक मेलामा सहभागिताका लागि प्रवेश निशुल्क रहेको समेत उनले बताए ।

आज सोमबार विहान १० बजेदेखि पोखरा सभागृहमा शुरु गरिएको मेलामा प्रेजेन्टरका रुपमा ब्रिटिस काउन्सिलले भूमिका निर्वाह गरेको छ ।

सो मेलामा टाइटल स्पोन्सर ग्लोबल रिच र इन एसोसिएसन विथ कंगारु एजुकेशन रहेका छन् । यसका साथै, मुख्य प्रायोजकका रुपमा स्पोन्सरका रुपमा इम्पल्स इन्टरनेशनल रहेको छ । यससँगै सो मेलामा द नेक्सट एजुकेशन, एक्सेस एजुकेशन, बोस्टन, ब्राडफोर्ड, डल्फिन किंग्स इन्सटिच्युट लगायत अन्य कन्सल्टेन्सीहरुले शैक्षिक मेलामा सहभागीता जनाएका छन् । मेलामा उच्च तह  ‘प्लस टु’ उत्तिर्ण विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै यो शैक्षिक मेलाको आयोजना गरिएको हो । सो मेलामा मिडिया पार्टनरका रुपमा मकालु खबर अनलाइनले प्रतिनिधित्व गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *