२० वर्षपछि धरानमा गुञ्जियो नेपालकै लोकप्रिय कन्दरा व्याण्ड (भिडियोसहित)

धरान, असोज १६ । नेपालको लोकप्रिय पोखरेली व्याण्ड कन्दरा २० वर्षपछि सुनसरीको धरानमा गुञ्जिएको छ । निकै लामो समय गुमनाम भएको कन्दरा व्याण्ड धरान–१२ स्थित पब्लिक उच्च माविको खेल मैदानमा गुञ्जिएको हो ।

अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिजबेन लगाएतका शहरहरुमा नेपाल फेस्टिबल अन्तर्गतका कार्यक्रमहरुमा व्यस्त कन्दराले आफ्नो लाइभ कन्सर्ट प्रस्तुत गर्न २० वर्षपछि धरान आएको व्याण्डका भोकलिष्ट विवेक श्रेष्ठले जानकारी दिए ।

आफ्नै विशुद्ध मौलिक प्रस्तुती बोकेको पोखरेली व्याण्ड कन्दराले चर्चित गितहरु हङ्कङ्ग पोखरा, लेककी हे माया, तगारोमा रुमाल राखी, विदेशिएर गइन् उनि, तिमी पारी र पछिल्लो एल्बम् भेडि गोठैमाको गितहरु प्रस्तुत गरेको थियो ।

अष्ट्रेलियाबाट फर्किएपछि संगीतमा व्याप्त समस्याहरुको समाधानका लागि जनचेतनामुलक कार्यक्रमहरु गरिने व्याण्डका ड्रमर सुनिल थापाले बताए ।

सांगीतिक यात्रामा मादलमा अभिनास गायक, किवोर्डमा बुद्ध बर्जाचार्य, गितारमा अमित गुरुङ्ग, अशिम शेरचन, बेस गितारमा अनिल गुरुङ्ग, ड्रमरमा सुनिल थापा र गायक विवेक श्रेष्ठले आफ्ना प्रस्तुति दिएका थिए ।

धरानमा पछिल्लो समय लाइभ कन्सर्ट प्रतिको मोह घट्दै गर्दा कन्दरा व्याण्डले हजारौँ दर्शकलाई सांगीतिक माहोलमा उभ्याएर एक नयाँ मोड समेत दिएको छ । जहाँ अरु समयमा सुनसान हुने मैदान सोमबारका दिन भने पब्लिक उच्च माविको खेल मैदान भरिभराउ देखिएको थियो ।

साथै सोही कार्यक्रममा धरानका स्थायी व्याण्ड आर. एसी. व्याण्ड लगायतको प्रस्तुती रहेको थियो ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/sRZeIfaIUFw”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *