थानकोट–पीपलामोड सडक खण्डमा राति यातायात बन्द हुुँदै

“असोज १६, काठमाडौं । काठमाडौं आउजाउ गर्ने प्रमुख नाका थानकोट–पीपलामोड सडक खण्डमा सोमबारदेखि सात दिनका लागि राति यातायात सेवा बन्द गरिएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौं–२ का अनुसार उक्त खण्डमा सडक मर्मतसम्भार (अस्फाल्ट ओभरले) को काम सुरु भएकाले राति ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रु र मालवाहक गाडी बन्द गरिएको हो ।

उक्त खण्डमा असोज २२ सम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द रहने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उक्त खण्डको मर्मतसम्भारको काम कृष कन्स्ट्रक्सनले गरिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eleven =