दुई कोरियाले जमिनमुनि बिछ्याइएका विस्फोटक पदार्थ हटाउन शुरू गरे

असोज १६, एजेन्सी । दुई कोरियाका सेनाले कडा सुरक्षा व्यवस्था हुने सीमा क्षेत्रमा जमिनमुनि बिछ्याइएका आठ लाखभन्दा बढी विस्फोटक पदार्थ हटाउन शुरू गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। दक्षिण कोरियाले आफ्नोतर्फ पर्ने ‘संयुक्त सुरक्षा क्षेत्र’ भनिने हिस्सामा जमिनमुनि बिछ्याइएका विस्फोटक पदार्थ हटाउन थालेको छ।

सो क्षेत्रमा अधिकांश सुरक्षा चौकी छन् र त्यहाँ सँधै नै सुरक्षाकर्मीको उपस्थिति रहन्छ। कोरियाली युद्धका बेला सयौँको सङ्ख्यामा सैनिकहरू मारिएको ‘एरोहेड’ भनिने क्षेत्रबाट पनि जमिनमुनि बिछ्याइएका विस्फोटक पदार्थ हटाइनेछ। दुई कोरियाबीच विश्वासको वातावरण बनाउने दिशामा जमिनमुनि बिछ्याइएका विस्फोटक पदार्थ हटाउनु महत्त्वपूर्ण कदम हो।

दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले गत महिना प्योङयाङको भ्रमण गरेका बेला किम जङ-अन र उनीबीच जमिनमुनि बिछ्याइएका विस्फोटक पदार्थ हटाउने विषयमा सहमति भएको थियो। भ्रमणपछि मूनले ‘निरस्त्रीकरणलाई पूरा गर्ने अध्यक्ष किमको प्रतिबद्धतालाई पुष्टि गराउन आफू सक्षम भएको’ बताएका थिए।

किमले पनि उत्तर कोरियाको प्रमुख क्षेप्यास्त्र परीक्षण केन्द्र र प्रक्षेपण क्षेत्र बन्द गर्ने प्रतिबद्धता जनाएका छन्। र, अमेरिकाले त्यसको बदलामा आफ्नो तर्फबाट पनि केही कदम चालेमा आफ्नो प्रमुख पारमाणविक परीक्षण स्थल पनि बन्द गर्न सक्ने किमले बताएका छन्। -बीबीसी”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =