संघियता खारेजीकाे माग गर्दै जनमाेर्चाकाे बुझायाे ज्ञापनपत्र

“
असाेज १५, काठमाडाैं । संघियता खारेजीकाे माग गर्दै राष्ट्रिय जनमाेर्चा चन्द्रागिरि नगर समितिले चन्द्रागिरि नगपालिकामा ज्ञापनपत्र वुझाएकाे छ । संघियता खारेजी गरिनु पर्ने, बलात्कारी, भष्ट्राचारी, कालाेवजारीलाई कारवाही गरिनु पर्ने भन्दै माेर्चाले ज्ञापनपत्र बुझाएकाे हाे ।
कंलकी नागढुङ्गा सडक चाँडाे निर्माण गरिनु पर्ने, सडक विस्तार गर्दा भत्काउनु पर्ने, घरजग्गामा दिईने क्षतिपूर्तिमा एकरूपता ल्याई विस्थापित हुनपुगेका नागरिकहरूलाई उचित क्षतिपूर्तिकाे व्यवस्था गरि सडक निर्माणकाे कार्यलाई अगाडि बढाईनु पर्ने समेत माेर्चाकाे माग छ । भने, नगरपालिकामा सबै वडाहरूमा खेलकुदकाे विकासका लागि कवर्ट हल निर्माण गरिनु पर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा गरिनु पर्ने, लागुअाैषध मुक्त नगरपालिका वनाईनु पर्ने लगायतकाे १७ वुँदे माग सहितकाे ज्ञापनपत्र वुझाएकाे छ ।
“”राष्ट्रियताको रक्षा गरौ,संघियता खारेज गरौ,अत्याधिक करबृद्दिको बिरोध गरौ”” भने मुल नारा साथ प्रत्येक नगरपालिकाहरुमा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत चन्द्रागिरि नगपालिकामा ज्ञापनपत्र बुझाइएकाे राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्ला अध्यक्ष झविन्द्र बेलवासेले बताए ।
ज्ञापनपत्र बुझ्दै चन्द्रागिरि नगपालिका मेयर घनश्याम गिरीले राष्ट्रियता र स्थानिय विकासमा उठाएका मुद्दा ज्ञापनपत्रमा छाेएकाे बताउँदै, स्थानीय तहका हरेक गतिविधिमा साथ र सहयाेग गर्न अाग्रह गरे । उनले नगरपालिकाकाे सम्रग विकासमा सवै वर्ग समुदायकाे अपनत्व हुने गरि सहभागिता भयाे भने मात्र विकास प्रतिफल मुखी जिकिर गरे ।
“








