महिनावारी को यी रंगबाट थाहा पाऔं आफू स्वास्थ्य छु कि अस्वास्थ्य छु भनेर

स्त्रीमा महिनावारी हुनु भनेको एउटा प्राकृतिक नियम हो । महिनावारी महिलाको जीवनको एक अभिन्न अंग हो । यो सबै महिला हुन्छ । १२,१३ वर्षको उमेर देखी स्त्रीमा महिनावारी सुरु हुने हुन्छ । महिनावारी सुरु हुनु भनेको उनिहरुको शारीरिक अवस्थामा परिवर्तन हुनु हो । यो प्रक्रिया ५ देखि सातदिनसम्म चल्छ भने कतिपय महिलाको ४ देखि ५ दिनसम्म चल्छ । यस क्रममा महिलालाई चिडचिडाहट हुने, शरिर दुख्ने, पेट, तनाव हुने, दुख्नेलगायतका विभिन्न समस्या देखा पर्छन् । यी तल दिएका कुराबाट थाहाँ पाउनुहोस् तपाई स्वास्थ्य हुनुहुन्छ कि अस्वास्थ्य हुनुहुन्छ भनेर

सामान्यतया सबैलाई लाग्छ कि महिनावारीको समयमा हुने रक्तश्राव रातो नै हुन्छ । तर वास्तवमा त्यसो हुदैन । रगतको बाक्लो, खैरो, गाढा रातो र गुलावी रंगको हुन्छ । रगतका विभिन्न रंगले तपाईको स्वास्थ्य स्थिती ठिक छ कि छैन भन्नेबारे संकेत गर्दछ ।
स्त्री रोग विशेषज्ञका अनुसार महिनावारीको रगतले यस्ता संकेत गर्छ ।

बाक्लो रगत तथा खैरो रंग – यदि तपाईको रगत बाक्लो तथा हल्का खैरो रंगको देखा पर्दछ भने यो पुरानो रगत हो । र तपाईकाको महिनावारि अनियमित रुपमा भइरहेको छ । यो रगत लामोसमयसम्म पाठेघरमा जाम भएर बसेको हुन्छ र महिनावारीको समयमा ढिक्का बनेर बाहिर निस्कन्छ ।

गाढा रातो रंग को रगत – ताजा र चाडै बाहिर निस्केको रगत मानिन्छ । यो रगत फिक्का हुन्छ, तर महिनावारि भएको पहिलो दिन बाक्लो रुपमा रक्त श्राव हुन्छ ।

हल्का रातो रंग – यदि तपाइको रक्तश्राव फिक्का तथा रातो हल्का भइरहेको छ भने तपाइ स्वस्थ हुनुहुन्छ । यस्तो रगत महिनावारि भएको चौथो दिनसम्म फ्लो भइरहन्छ ।

कालो तथा गाढा रातो – कालो रगत खतराको संकेत हो । पाठेघरमा संक्रमण भएको कारण यस्तो रगत देखा पर्न थाल्छ । यसको कारण पछि गएर गर्भ नरहने समेत हुन सक्छ । पिरियड्को दौरान यस्तो समस्या देखा परिरहेमा तुरुन्तै डाक्टरसंग सल्लाह मागनुपर्छ ।

गुलावी रंग –यदि महिनावारिको समयमा यस्तो रगत देखा परेमा पाठेघरमा संक्रमणको समस्या हुन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 19 =