धितोपत्र बोर्डको कार्यक्रममा सहभागिताका लागि अनुरोध

असोज १४, काठमाडौं । नेपाल धितोपत्र बोर्डले यही असोज १७ विश्व लगानीकर्ता सप्ताह अन्तर्गतको महत्त्वपूर्ण कार्यक्रम गर्ने जानकारी दिएको छ । बोर्डले प्रत्यक्ष रूपमा त्रैमासिक अन्तर्कृया गर्ने कार्यक्रम अन्तर्गत बोर्डको समन्वयमा आगामी अक्टोबर १ देखि ७ सम्म महत्त्वपूर्ण कार्यक्रम गर्न लागेको बताएको छ ।

इच्छुक लगानीकर्ताहरुलाई सहभागिताका लागि आउदो असोज १७ गते बुधबार १० बजेदेखि ५ बजेसम्म अल्फा हाउस, नयाँ बानेश्वरमा जानकारी मूलक प्रकाशनहरुको बिमोचन, लगानीमैत्री वेबसाईट लन्च, प्राविधिक प्रशिक्षण र त्रैमासिक अन्तर्कृयात्मक कार्यक्रम गर्न लागेको बोर्डको जारी सूचनामा उल्लेख भएको छ ।

साथै धितोपत्र तथा विनिमय बजारसम्बन्धी निरन्तर प्रशिक्षण तथा जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले प्रत्येक महिनाको दोश्रो र अन्तिम शुक्रबार निःशुल्क लगानीकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ ।

सर्वसाधारण लगानीकर्ताहरुलाई उल्लेखित कार्यक्रमहरुमा सहभागिताका लागि बोर्डको फोन नं. ०१ ५५४१०५७, ५५४४०७६, ५५५११५२ मा सम्पर्क गरि नाम, ठेगाना तथा सम्पर्क नम्बर टिपाउन बोर्डले अनुरोध गरेको छ । पाक्षिक निःशुल्क लगानीकर्ता प्रशिक्षण कार्यक्रम बोर्डकै कार्यालय रहेको हल, जावलाखेलमा दिउँसो २ बजेदेखि ४ बजेसम्म हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =