विश्व मुटु दिवसमा नर्भिक अस्पतालकाे विशेष कार्यक्रम, १० मुटुराेगी सम्मानित

“
असोज १३ काठमाडौं । सेप्टेम्बर २९ अर्थात् विश्व मुटु दिवसको मेरो मुटु ,तपाईंको मुटु नारासहित नेपालमा पनि मनाइयो ।
आज नर्भिक अस्पतालकै परिसरमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा मुलुककै प्रख्यात अस्पतालको रूपमा रहेको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा आयोजित कार्यक्रममा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।
प्रमुख अतिथि राज्यमन्त्री यादवले सबैको मुटु राम्रो रहोस् भनी शुभकामना दिएका थिए । निजी अस्पतालले पनि स्वास्थ्य सेवामा गरेको योगदानको प्रशंशा यादवले गरेका थिए ।
अस्पतालका अध्यक्ष वसन्त चौधरीले आफ्ना बाबुको उपचारका लागि भारत लैजान पर्दा ठूलो धनराशि बाहिरिएको स्मरण गर्दै देशमा सेवाभाव राखी अस्पतालको स्थापना गरिएको बताए । आफ्नो घरको माया पाउने थलोका रूपमा नर्भिकले ख्याती कमाएको उनले दाबी समेत गरे । मानवीय, सामाजिक भावनाको स्वप्न प्रतिबिम्बित अस्पतालमा आगामी वर्षमा नयाँ थप सुविधाको सुरुवात गर्ने चौधरीले कार्यक्रममा उद्घोष गरे ।
मुटु रोग विशेष्ग्य जयप्रकाश गुप्ताका अनुसार मुटुरोग सम्बन्धि जानकारी, रोकथामका बारेमा प्रत्येक वर्ष कार्यक्रम आयोजना गरिएको र नियमित जाँच र डाक्टरको सल्लाह लिईरहनु पर्नेमा जोड दिए ।
सोही अस्पतालबाट नयाँ जीवन पाएका प्रा. डा. रत्नमान डङ्गोलले आत्मानुभव सुनाउदै नर्भिकले पुनर्जीवन दिइएकोले डाक्टर यादव देव भट्टलाई भगवान मानेर हात ढोगेको उनको भनाइ छ । व्यायाम, धूम्रपान निषेध, स्वस्थ खानपिन र बोसोरहित खाना खानुपर्ने उनको ठम्याइ छ । नर्भिक महङ्गो भएतापनि पारिवारिक वातावरण र राम्रो सुविधा भएकै कारण अस्पतालको उनले गुणगान गाए ।
२६औं वर्ष प्रवेश गरेको अस्पतालले मुटुसम्बन्धी ज्ञान दिन र डिप्रेसन साटासाट गर्न कार्यक्रम फलदायी हुने भएकोले आयोजना गरिएको सोही अस्पतालका प्रा. डा. यादव देव भट्टले आफ्नो मन्तव्यमा राखे ।
आयोजित कार्यक्रममा ३ सयभन्दा बढीको सहभागिता रहेकोमा राज्यमन्त्री यादवले १० जना मुटुको सफल उपचार गरेका ज्येष्ठ नागरिकलाई सम्मानित पनि गरेका थिए ।








