साडेपानीमा ७ सैयाको साडेपानी पोलिकिल्निक प्रा.लि. संचालनमा ।

असोज १३, सुखड । कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानीमा ७ सैयाको साडेपानी पोलिकिल्निक प्रा.लि. संचालनमा आएको छ । शनिबार एक बिषेश समारोह बिच साडेपानी पोलिकिल्निक प्रा.लि. को उद्घाटन गरीएको हो ।

साडेपानी पोलिकिल्निक प्रा.लि.का संस्थापक अध्यक्ष समिर जंग शाहीको सभापत्तिमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका ममता प्रसाद चौधरी रहेका थिए भने बिशिष्ट अतिथिमा वडा नम्बर २ का वडा अध्यक्ष हरि बहादुर बिष्ट, र घोडाघोडी उद्योग वाणिज्य संघका उपाध्यक्ष नन्दराम सापकोटा रहेका थिए । अतिथिहरुमा दशरथ माध्यमिक नमुना बिद्यालका प्राचार्य गणेश बम,घोडाघोडी संरण तथा जनजागरण मंचका अध्यक्ष दिेपेन्द्र बहादुर शाही र बिष्णु प्रसाद उपाध्य लगायत अन्य व्यक्तीहरुको सहभागीता रहेको थियो ।

घोडाघोडी नगरपालिकाका ममता प्रसाद चौधरीले रिबन काटेर साडेपानी पोलिकिल्निक प्रा.लि. को उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले  निजि क्षेत्र बाट अस्पतालहरु संचालनमा आउनु भनेको राम्रो कुरा भएको बताए । सेवा ग्राहीलाई गुणस्तर खालको सेवा दिन पनि उनले साडेपानी पोलिकिल्निक प्रा.लि.लाई आग्रह गरे ।

घर नजिकै राम्रो खालको सेवा सुबिधा पाउने भए पछि स्थानिय खुसी भएका छन ।करिब २५ लाखको लागतमा साडेपानी पोलिकिल्निक प्रा.लि. संचालन भएको हो । डा.प्रकाश तिमिल्सिना र राजेन्द्र फुलाराले यस संस्थामा  २४ घण्टा सेवा दिने भएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =