‘माला’ (कविता)

काठमाडौँ, असोज १३ ।

त्यो दिन दुवै बडो
सिङ्गारिने छौँ
तिमी दुलही को भेषमा
म दुलाह जसरी

तिम्रो निधार भरी रातो टीका
मेरो निधार भरी नि
तिम्रो गला भरी माला
मेरो गला भरी पनि माला
मान्छेहरुको बाक्लो भिड
मा हराउने छौँ दुवै

फरक यति हुने छ
तिम्रो घर बाट तिमीलाई
उठाउँदा मान्छेहरु अगाडि हुनेछन्
मेरो घर बाट मलाई उठाउँदा
मान्छेहरु पछाडी हुने छन्
तिनी फूल को बिछौनामा

म काठ
अन्तिम सम्ममा
तिमी दुई एक
म एक दुई
खरानी र धुवा….”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 6 =