कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी भर्ती केन्द्र बन्दै

असाेज १२, काठमाडाैं । कर्णालीका जनतालार्इ सर्वसुलभ स्वास्थ्य र शिक्षा प्रदान गर्न गठित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान यतिबेला भर्ति केन्द्र बनेकाे अाराेप लागेकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले प्रतिष्ठान भर्ति केन्द्र बन्दै गएको आरोप लगाएको हाे।

जनतालार्इ सर्वसुलभ स्वास्थ्य र शिक्षा दिनुपर्नेमा प्रतिष्ठानका पदाधिकारीले संस्थालार्इ भर्ती केन्द्र बनाएकाे समाजकाे अाराेप छ । पछिल्लाे समय प्रतिष्ठानका पदाधिकारीहरू जुम्ला नगर्इ प्रतिष्ठानकाे सम्पर्क कार्यलयमा रहेर दिन कटाउँदा प्रतिष्ठानकाे स्वास्थ्य सेवा कमजाेर बन्दै गएकाे तथा सेवा विस्तारमा ध्यान नदिएकाे समाजकाे अाराेप छ ।

समाजले एक विज्ञप्ति जारी गरी पिछडिएका क्षेत्रका जिल्लाको नागरिकको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै सेवा विस्तार गर्नु पर्नेमा प्रतिष्ठानमा नियम विपरित कर्मचारी मात्र भर्ति गरिएकाे बताएकाे छ ।

समाजका अध्यक्ष रामाकान्त उपाध्यायले प्रतिष्ठानका पदाधिकारीहरु केन्द्रिय कार्यालय जुम्लामा नबसि ललितपुर स्थित सम्पर्क कार्यालयमा बस्दा प्रतिष्ठानकाे कामकारवाही समेत प्रभावित भएकाे र पदाधिकारी नै नियम विपरित कर्मचारी भर्ना गर्न तल्लिन रहेकाे बताएका छन् ।

उनले प्रतिष्ठानलार्इ नियम विपरित कर्मचारी भर्ति केन्द्रको रुपमा प्रयोग गर्ने गलत कार्य भैरहेको दावि समेत गरेका छन् । ‘पदाधिकारीहरुको यो क्रियाकलापले पिछडिएको नागरिकले स्वास्थ्य सेवा उपयोग गर्न पाउने अधिकार कुण्ठित भएको छ। पदाधिकारीकै लापरवाहीका कारण प्रतिष्ठानको दैनिक कार्य सञ्चालन तथा गुणस्तरिय स्वास्थ्य सेवामा वाधा उत्पन्न भईरहेको छ।’

यसैगरी आफ्नो जिम्मेवारी तथा काम कर्तव्य अधिकारलाई वेवास्ता गरि व्यक्तिगत स्वार्थमा लाग्ने पदाधिकारीहरुको गलत हर्कत प्रति समाजले अापत्ति प्रकट गरेकाे छ ।

समाजले पदाधिकारीहरु तीन दिन भित्र प्रतिष्ठानको केन्द्रिय कार्यालयमा नआएको खण्डमा कडा भन्दा कडा संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुने बताएकाे छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पिछडिएको क्षेत्रको स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा अनुसन्धानात्मक कार्य गर्नका लागि व्यवस्थापिका संसदको ऐन २०६८ अनुसार स्थापना भएको स्वायत्त संस्था हो।

पछिल्लाे समय प्रतिष्ठानमा राजनीतिक नियुक्ति लिएर अाएका उपकूपति डा. राजेन्द्र वाग्ले, रजिष्ट्रार विश्वराज काफ्ले लगायत अस्पताल निर्देशक जुम्ला नगर्इ ललितपुरकाे सम्पर्क कार्यालयमा बसेर दिन विताउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =