यसकारण सार्कको मन्त्रीस्तरीय बैठकको बीचैमा उठेर हिँडिन् भारतीय विदेशमन्त्री सुष्मा

काठमाडौँ, असोज १२ । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्यक्षता गरिरहेको सार्क परराष्ट्रमन्त्रीहरूको बैठकमा भारतकी विदेश मन्त्री सुषमा स्वराज बीचमै उठेर हिँडेकी छिन् ।

बिहिबार न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघको ७३ औँ साधारण सभाको साइडलाइनमा सार्कको मन्त्रीस्तरीय अनौपचारिक बैठकमा भारतकी विदेश मन्त्री सुष्मा स्वराज बीचमै उठेर हिँडेकी हुन् ।

बैठकमा विदेश मन्त्री सुष्मा स्वराज भाषण दिएलगत्तै बाहिर निस्किइन् । उनी पाकिस्ताका विदेश मन्त्री शाह महमूद कुरेशीको भाषण समेत नसुनी बाहिर निस्केकी हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यसलाई भारत पाकिस्तानबीच पछिल्लो समयमा बढेको तनाबको सूचकको रुपमा व्याख्या गरेका छन्।

यस विषयमा कुरेशीले भने, ‘मैले सुषमा स्वराजको भाषण सुनेँ, उनी क्षेत्रीय सहयोगको कुरा गरिरहेकी थिइन् । क्षेत्रीय सहयोग कसरी सम्भव छ ? जब जो कोही बैठकमा कुरा सुन्न तयार छन् तर तपाईँ ब्लक गरिरहनु भएको छ ।’

बैठकमा सुषमाको भाषण पाकिस्तानका विदेश मन्त्री कुरेशीको भन्दा पहिला थियो । उनी भाषण दिए लगत्तै अर्को बैठकका लागि गईन् । तर भारतका विदेश सचिव विजय गोख भने त्यहीँ सामेल थिए ।

सुषमा स्वराजले भाषणका क्रममा दक्षिण एशियाका लागि आतंकवाद खतरा रहेसम्म क्षेत्रीय सहयोगका कुरा नहुने बताएकी थिइन् । उनले आतंकीत हमला र त्यससँग जोडिएको घटना कति तेजले बढेको बताइन् ।

उनले भनिन्, ‘ हाम्रो क्षेत्र र विश्वमा शान्ति र स्थिरता का लागि आतंकवाद एउटै ठूलो खतरा हो । त्यसैले यो जरुरी छ कि हामी आतंकवादीको हर स्वरुपको खतम गर्नका लागि काम गरौँ र सहयोगका लागि माहोल बनाउँ ।’

किन मिलेनन् दुई देशका विदेश मन्त्री ?

बिगतमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिट्ठी लेखेका थिए । यसमा दुई देशका विदेश मन्त्रीबीच सयुंक्त राष्ट्रमा बातचीत गर्नका लागि अपिल गरिएको थियो । यस बैठकको लागि भारत पनि राजी नै देखिन्थ्यो । तर काश्मीरमा पुलिसकर्मीले गरेको हत्यापश्चात् भारतले यस भेटको इन्कार गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =