सत्तारुढ नेतृले गृहमन्त्रीलाई भने– ‘बलात्कारीलाई मृत्युदण्ड दिने मागमा विचार गर्ने बेला आयो’

काठमाडौँ, असोज १२ । गृहमन्त्री रामबहादुर थापा (बादल) लाई आफ्नै पार्टीका महिला नेतृहरुले दबाब दिएका छन् ।

महिला तथा बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतृहरुले गृहमन्त्री थापासँग सामुहिक भेट गरी दबाब दिएका हुन् ।

पीडित पक्षलाई समेत लिएर शुक्रबार बिहान गृह मन्त्रालय पुगेका उनीहरुले पीडितलाई न्याय दिन र पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गर्दै गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्।

त्यसक्रममा महिला नेतृहरुले नेकपाका नेतासमेत रहेका गृहमन्त्री थापालाई सरकारले महिलामाथि हुने जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोमा आफूहरु आफैं लज्जित हुने अवस्था आएको गुनासो गर्दै उनीहरुले पीडितलाई न्याय दिन र पीडकलाई कडा कानुनी कारबाही गर्न सरकारलाई एक पत्र बुझाउँदै गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

मुलुकमा महिला र बालिकामाथि हत्या, बलात्कारलगायतका घटना बढदै गएपछि सत्तारुढ दलकै नेताहरुले त्यसलाई नियन्त्रण गर्न सरकारलाई दवाव दिन सुरु गरेका हुन् ।

यता गृहमन्त्री थापाले पनि महिला र बालबालिकामाथि जघन्य अपराधका घटना हुन नदिन सरकार जिम्मेवार ढंगले लागि परेको दावी गरे।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका महिला नेतृहरुले लीले शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र बुझाउँदै बालिका तथा किशोरीहरुको बलात्कार र हत्यामा कारबाही कमी भएको बताएका छन्। उनीहरुले सो घटनाका सम्बन्धमा गृहमन्त्री थापा गम्भीर नभएको पनि आरोप लगाएका छन् ।

‘महिला हिंसा विशेष गरेर बालिका तथा किशोरीमाथि हुने बलात्कार र हत्या जस्ता जघन्य अपराध गरिनु पर्ने सजाय अपर्याप्त छ अब सजायलाई अझै कठोर बनाउन फाँसी दिने व्यवस्था गरिनु पर्छ भन्ने आम माग भैरहेको सन्दर्भमा अब सरकारले गम्भीर भएर सोच्ने र निर्णय गर्ने बेला भएको छ’ भेटपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + thirteen =