पूर्वेली गायिका मेनुका राईको ‘परदेशी जीवन’ (भिडियोसहित)

धरान, असोज १२ । विन्द्यावासिनि म्यूजिक प्रा.लि मार्फत् पूर्वको चर्चित गायिका मेनुका राईको आवाजमा रहेको नयाँ गीत परदेशी जीवन सार्वजनिक भएको छ ।

शब्द संगीत मिरादेवी राईको रहेको सो गीतमा राजु कार्कीले एरेन्ज गरेका छन् ।

सो भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने दिपक विष्टको सम्पादन रहेको छ । भिडियोमा हिरा राई, उमेश राई र काजीस श्रेष्ठको अभिनय रहेको छ । भिडियोलाई काजीस श्रेष्ठले नै निर्देशन गरेका छन् ।

विदेशीएका आफन्तले परदेशमा गर्ने मेहनत र दुःखको भावना समेटेर तयार गरियको भिडियोलाई आम दर्शकले मन पराउने निर्माण टिमको विश्वास रहेको गायिका मेनुका राईले बताइन् ।

भिडियोः

https://www.youtube.com/watch?v=5fYiWHamHtg”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eighteen =