डीआइएस पनि अनलाइन तयारी पूरा, आगामी साताबाट सेवा सुचारु

असोज ११, काठमाडौं । सेयर बजारमा विकास र प्रविधिलाई जोड्न सिपालु सीडीएससीले मेरो सेयरका ३ लाख बढी सक्रिय लगानीकर्तालाई इलेक्ट्रोनिक डेबिट इन्सट्रक्सन स्लीपको थप सुविधा दिन लागेको सीडीएससीका सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

लगभग ईडीआईएसको काम सकिसकेको छ ,अब सेबोनबाट स्वीकृत भई लगानीकर्तालाई ईडीआईएस सुविधामार्फत सहजता दिलाउन सीडीएससी लागिपरेको उनले बताए । ब्रोकर र डीपीलाई डेमो पनि देखाइसकिएको, सीडीएससीको बोर्ड बैठकबाट स्वीकृत भई सेबोनबाट पासहुने बित्तिकै सेवा सुचारु हुने न्यौपानीको भनाई छ ।

सेयर कारोबारमा सेयर बेच्दा सेयरधनीले आफ्नो आफ्नो डीपीमार्फत डेबिट गर्न दिइने निर्देशन पूर्जा अर्थात डेविट इन्सट्रक्सन स्लिप बोकेर ब्रोकर कार्यालय धाउनुपर्ने व्यवस्थाको अन्तः हुने भएको छ ।

आगामी साताबाट ईडीआईएस प्रणालीमार्फत सीडीएससीको मेरो सेयर मार्फत सेयरधनीहरुले इडीआईएस अप्सनको सुविधा पाउने सिडीएससीका प्रवक्ता सुरेश न्यौपानेले मकालुखबरलाई जानकारी दिएका छन् ।

मेरो सेयरको देब्रे पट्टी थपिन लागेको उनले बताए । ईडीआईएस अप्सनमा गई आफूले कारोबार गरेको डिटेल आउँछ । त्यहाँ पूल एकाउन्ट ब्रोकरको हुनेछ । क्वान्टिटी टू बी ट्रान्सफर्ड भन्ने अप्सन पनि हुन्छ अनि आफूले बेचेको सेयर क्वान्टिटी अटोमेटिक आउँछ, त्यसपछि रिक्वेष्ट सेन्ड गर्दा ओके बटन डीपीकोमा जानकारी जान्छ । डीपी कहाँ पठाउँदा डीपीले डेबिट गर्ने प्रणालीको विकास हुने सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले भने । सिस्टम चाहिँ टी प्लस टु नै भएपनि ब्रोकरकोमा नगई २ कार्यदिनभित्र मेरो सेयरमार्फत रिक्वेस्ट पठाउन सकिने उनले जानकारी दिए ।

बेच्ने लगानीकर्ताले रिक्वेष्ट पठाउँदा ईडीआईएसकै अर्को अप्सन ट्रान्सफर रिक्वेष्टको स्टाटस पनि हेर्न मिल्ने न्यौपानेले भने । ‘स्टाटसमा पेण्डिङ्ग अप्सन वा एक्नोलेज अप्सन आउनेछ । पेण्डिङ्गको अर्थ डीपीले सेटलमेण्ट नभएको बुझाउँने र एक्नोलेजमेण्टबाट डीपीले आवश्यक प्रक्रिया पूरा भएको बुझाउँछ ।’ न्यौपाने भन्छन् ।

डीपीकोमा गएर डीआईएस चेक दिनुपर्ने झञ्झट नहुने र सेयर ब्रोकरको पनि समय र खर्च बचत भई लागत पनि कम हुनेछ । नेप्सेले चाँडै ल्याउन लागेको पूर्ण अनलाईन प्रणालीमा अनलाईन ट्रेडिङ्ग सँगसँगै सेयर हस्तान्तरण अनलाईन नै हुने भएपछि सेयर बजारको विकासमा कोशेढुंगा प्रमाणित हुनेमा सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने दाबीसमेत गरे ।

उनका अनुसार यस प्रणालीबाट क्लोजआउटको समस्या पनि पूर्ण रुपमा रोकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =