पर्यटन दिवसमा विराटनगरमा पर्यटकको भब्य स्वागत
२०७४ जेठ १५ गते

“
विराटनगर, असोज, ११ । ३९ औं विश्व पर्यटन दिवस विहीबार विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ । दिवसका अवसरमा विराटनगरमा भने यहाँ भित्रिने पर्यटकहरुलाई स्वागत गर्दै मनाइएको छ । भारतीय सीमा नाका जोगबनीबाट विराटनगर भित्रिएका पर्यटकलाई दिवसको अवसरमा स्वागत गरिएको छ ।
बिराटनगर भन्सारक्षेत्रमा कार्यक्रमको आयोजनागर्दै सरकारी प्रतिनिधि,पर्यटन र होटल आबद्ध ब्यवसायी तथा प्रतिनिधिहरुले भारतबाट नेपाल भित्रिएका पर्यटकहरुलाई दोसल्ला ओढाएर स्वागत गरिएको उद्योग वाणिज्य महासंघका पर्यटन संयोजक भविशकुमार श्रेष्ठले जानकारी दिए ।
पर्यटन दिवसका अवसरमा पर्यटक स्वागत कार्यक्रम एफएनसीसीआई,विराट एशोसिएसन अफ ट्राभल एजेन्ट, क्षेत्रीय होटल संघ र नाटाले संयुक्तरुपमा आयोजना गरेका हुन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








