ब्रेन्टफोर्डमाथि आर्सनलको सहज जित, पुग्यो चौथो चरणमा
२०७४ जेठ १५ गते

“एजेन्सी, असोज ११ । आर्सनल कारबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । आर्सनलले च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गर्दै कारबाओ कपको चौथो चरणमा पुग्न सफल भएको हो ।
आर्सनलको जितमा ड्यानी वेलबेकले दुई तथा एलेक्जेन्डर लाकाजेटले गोल गरे । पराजित टिमका लागि एलन जजले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा नै आर्सनलले ड्यानियल वेल्बेकको गोलबाट खेलमा अग्रता बनाएको थियो ।
३७औं मिनेटमा वेल्बेकले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो । ५८औं मिनेटमा एलज जजले गोल गरेपछि ब्रेन्टफोर्डले खेलमा फर्कने संकेत दिएका थिए । तर, ९०औं मिनेटमा लाकाजेटले गोल गर्दै टिमलाई ३–१ को जित दिलाए ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








