म्यानचेष्टर सिटी लिग कपको चौथो चरणमा, युनाइटेड बाहिरियो

“एजेन्सी, असोज १० । साविक विजेता म्यानचेष्टर सिटी इएफएफ कपको चौथो चरणमा प्रवेश गर्दा छमेकी म्यानचेष्टर युनाइटेड भने बाहिरिएको छ। अक्सफोर्ड युनाइटेडलाई ३-० ले पराजित गर्दै सिटी चौथो चरणमा प्रवेश गरेको हो।

उता नाटकिय खेलमा युनाइटेड भने डर्बी काउन्टीसँग पेनाल्टी सुटआउटमा ८-७ ले पराजित भयो। निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि पेनाल्टीसुटआउटबाट खेलको निर्णय भएको हो।

डर्बीका गोलकिपर स्कट क्रसले युनाइटेडका फिल जोन्सको पेनाल्टी प्रहार रोक्दै जित दिलाए।

त्यसअघि माराउने फेलाइनीले इन्जुरी टाइमको अन्तिम समयमा गोल गर्दै निर्धारित समयमा खेल बराबरी गरेका थिए। हुँवा माटाले खेलको तेस्रो मिनेटमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। ५९औँ मिनेटमा डर्बीका ह्यारी विलसनले बराबरी गोल फर्काए।

गोलकिपर सर्जियो रोमेरोले ६७औँ मिनेटमा रातो कार्ड खाएपछि युनाइटेड दश खेलाडीमा झरेको थियो। त्यसैको फाइदा उठाउँदै ज्याक म्यारिओटले ८६औ मिनेटमा गोल गर्दै डर्बीलाई २-१ को अग्रता दिलांएका थिए। निर्धारित समयमै डर्बी जित नजिक पुगेपनि पेलाइनीले इन्जुरी टाइममा गोल फर्काएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =