प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याइयो

सिमकोट, असोज ९ । प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याइएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकप्टरलाई मंगलबार सिमकोट ल्याईएको हो ।

हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको उक्त हेलिकप्टरको पछाडिको पङ्खाले सेल्फी खिच्न तम्सिएका एक भारतीय तीर्थयात्रुको मृत्यु भएपछि उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङको उक्त हेलिकप्टरलाई मंगलबार श्री एयरको ठूलो हेलिकप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो ।

प्राधिकरणले उडान प्रतिबन्ध लगाएपछि हिल्साको हेलिप्याडमै राखिएको हेलिकप्टर डेढ महीनापछि जिल्ला सदरमुकााम सिमकोट ल्याइएको सिमकोट विमानस्थलका निमित्त प्रमुख किरण दाहालले जानकारी दिए ।

गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको पछाडिको पङ्खाले लागेर मुम्बइका ४२ वर्षीय नगेन्द्रकुमार कात्तिक मेहताको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + five =