दुई वटा टाउको भएको विषालु सर्प भेटियो (भिडियोसहित)
२०७४ जेठ १५ गते

“
अमेरिकाको उत्तरी भर्जिनियामा दुई ओटा टाउको भएको सर्प भेटिएको छ । भर्जिनियाका एक व्यक्तिले दुईवटा टाउको भएको विषालु सर्प कपरहेडको बच्चा भेटाएका हुन् ।
आफूले त्यस्तो सर्प भेटेपछि उनले भर्जिनिया हर्पोटोलोजिकल सोसाइटीमा सम्पर्क गरेको सिएनएनले जनाएको छ । अहिले उक्त दुई वटा टाउको भएको सर्पको अनुसन्धान चलिरहेको छ । दुवै टाउकोले एउटा मुटु र फोक्सोसँग सहकार्य गरेको अनुसन्धानमा खुलेको छ ।
तर दुईवटा टाउको भएका सर्प लामो समय जीवित रहन नसक्ने अनुसन्धानमा संलग्न एक अनुसन्धानकर्ताले बताए ।
https://www.facebook.com/john.kleopfer/videos/2627803110579217/?t=1″
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








