पाँडेको जन्मदिनमा जिग्रीले दिए यस्तो शुभकामना ?

काठमाडौँ, असोज ९ । हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को आज जन्मदिन परेको छ । उनको जन्म असोज ९ गते नुवाकोटको ओखरपौवा गाविस वडा नं ४ मा ३३ वर्ष पहिले भएको हो । कलाकारितासँगै सामाजिक सेवामा पनि सक्रिय घिमिरेले गत वर्ष पाँडे जिग्री प्रतिष्ठानबाट सप्तरीका नेत्रहीन तीन परिवारलाई आवास निर्माण गरिदिएका छन्।

हास्यश्रृंखला ‘भद्रगोल’ बाट चर्चामा आएका कलाकार अर्जुन घिमिरे जन्मदिनमा सामाजिक सञ्जालमार्फत् उनका शुभचिन्तक, परिवार तथा आफन्तहरुको शुभकामनाको ओइरो लागेको छ ।

चर्चित हास्य टेलिश्रृङ्खला भद्रगोलबाट चर्चामा आएका घिमिरेको जन्मदिनमा उनका निकट सहपाठी कुमार कट्टेलले सामाजिक सञ्जालमार्फत् विशेष शुभकामना व्यक्त गरेका छन् । उनलाई जन्मदिनको शुभकामना दिँदै कुमार कट्टेल जिग्रीले आफ्नो अनन्य मित्रका साथै कलाकारिता क्षेत्रको गुरु भएको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =