अस्पताल पुुगेर पनि पाउँदैनन् प्रसुती सेवा

“
धरान, असोज ९ । सुत्केरी बेथाले च्यापेपछि दुहबी ५ की तुलसीकुमारी साह सोमबार बिहान बीपी प्रस्ठिान धरानमा पुुगिन् । उनलाई लागेको थियो–अस्पतालमा सुत्केरी गराउँदा सहज होला, सेवा पाइएला । सायदै सोचेकी थिइन्–अस्पताल पुुगेपछि पनि भुुईँमै बच्चा जन्माउनुु पर्ला भनेर ।
यदि यस्तै हुुन्थ्यो भने किन जान्थिन बेथा सहेरै अस्पताल । तर सोमबार बिहान अस्पताल पुुगेकी २५ वर्षिय तुुलसीलाई सेवा दिन बीपी प्रतिस्ठानले भ्याएन, यात बेवास्ता गर्यो । कारण जे सुकै होस् तर तुुलसीले चिकित्सकको कुुनै सहयोग पाइनन् ।
उनलाई सन्चो नभएको सोमबार पहिलो पटक भने होइन । दुुई महिना भैसकेको थियो पेट दुुख्न थालेको । तर सोमबार बिहान सहि सक्नु भएन, त्यहि भएर उनी अस्पताल गएकी थिइन् ।
सरकारले पनि महिला मृत्यूदर घटाउन र शिसुको ज्यान बचाउनकै लागि भनेर सुत्केरी सेवा लिन अनिवार्य अस्पताल जान प्रोत्सान गरेको छ । तर अस्पतालका यस्तै सेवा अभावका कारणले महिलाहरुलाई हतोत्साहित बनाउँछ ।
श्रीमतीलाई बेथाले च्यापेपछि रामजीप्रसाद रौनियारले पटक पटक चिकित्सकलाई ताकेता गरे । ‘मेरी श्रीमतीलाई गाह्रो भएको छ हजुर, लौन पहिला हेरिदिनुु पर्यो’, रामजीको पटक पटकको यो अनुरोध सुनेनन् त्यहाँका डाक्टर र नर्सले ।
छट्पटाइरहेकी श्रीमतीका लागि हारगुुहार गरिरहँदा पनि चिकित्सक आएन बरु भुुईंमै जन्माइन् तुुलसीले दुुईवटा बच्चा ।
अस्पतालको भईंमा तुलसीका एक छोरा र एक छोरी (जुुम्लाह) जन्मिए । बीपी प्रतिस्ठान प्रसुुती सेवाका लागि राम्रो मानिन्छ । तर तुुलसीहरु जस्ताका लागि होइन रहेछ । सायद तुुलसीका दम्पत्तिले यहि बुुझे ।
बराहक्षेत्र २ की साधना पौडेललाई आइतबार राती बेथाले च्याप्यो । सोमबार बिहानै उनी पनि बीपीमा पुगिन् । तर उनले पनि तत्कालै उपचार पाइनन् । अस्पतालमा उपचार लिनका लागि पनि सोर्स फोर्स लगाउनु पर्यो । त्यसपछि मात्रै सुरु भयो उनको अपरेशन ।
साधना र तुुलसी त प्रतिनिधि पात्र मात्रै हुुन् । यो अस्पतालमा पालो कुुरेरै पीडित हुुनेको संख्या ठूलो छ । प्रतिष्ठानका स्त्रीरोग बिषेशज्ञ तथा प्रशुति बिभाग इन्चार्ज डा.मोहन रेग्मीलाई नै थाहा छैन, यस्ता घटना र अस्पतालको दूरावस्था ।
तुुलसीले उपचार नपाएको कुरा पनि बुुझ्न बाँकी नै रहेको बताए । तर यस्तो घटना नभएको होला भन्ने उनलाई पनि लाग्दैन । डा. रेग्मी भन्छन्, ‘पहिला ३०/४० जनाको डेलिभरी गराउँथ्यौं, आजकाल ६०/७० जना पुुग्छन्, धेरै चाप भएकाले यस्तो भयो होला ।’
तर कारणसँग बिरामीलाई के मत्लव र ? रोगले च्यापेका बेला उपचार पाए पुुग्यो । नाम चलेको बीपी प्रतिस्ठानका डाक्टर र प्रशासनले किन बुुझ्दैन बिरामीको पीडा ?
“








