गंगामायाका छोरा नुरप्रसादलाई ज्यान मार्ने उद्योगमा मुद्दा, ७ दिनको म्याद थप

ललितपुर, असोज ८ । पाटन उच्च अदालतको इजलासमै अधिकृत रोशन बस्नेतमाथि कुर्सी प्रहार गररे वितण्डा मच्चाएका नुरप्रसाद अधिकारीलाई महानगरीय प्रहरी परिसर ललितपुरले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ ।

अनसनरत गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई प्रहरीले ज्यान मार्ने उद्योगमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

नुरप्रसादले आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि आइतबार उच्च अदालत पाटनमा इजलास अधिकृत रोशन बस्नेतमाथि कुर्सी प्रहार गरेका थिए । उनले उच्च अदालतमा कम्प्यूटर, किताब राख्ने दराज लगायतका सामानहरु समेत तोडफोड गरेपछि उनलाई जिल्ला अदालत ललितपुरले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई अनुमति दिएको हो ।

विनु घतानी सुनारको घरजग्गा मुद्दासम्बन्धी जिम्मा उनले लिएका थिए । काठमाडौं जिल्ला अदालतले उक्त मुद्दामा प्रमाण नपुग्ने भन्दै खारेज गर्ने फैसला गरेको थियो । त्यही फैसलाविरूद्ध विनु उच्च अदालत आएकी थिइन् । घटनापश्चात् उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =