देश विकासमा नेपाली काँग्रेसको पनि सहयोग छ– अध्यक्ष दाहाल

चितवन, असोज ८ । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विकास गर्न सकिएन भने नेपालीको लागि दुःखको कुरा हुने बताएका छन् । जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको उद्घाटन गर्दै उनले भने, ‘यो सरकारलाई विकासमा कांगेसको पनि सहयोग छ, विकास गरिएन भने सबै नेपालीका लागि दुखको अवस्था आउने छ ।’

देशको समृद्धिका लागि पहिला विकासको मोडेल निधो गर्नुपर्ने बताए । कुनै क्षेत्रको विकास गर्दा कुन विषयलाई प्रथामिकतामा राख्ने, कति समयभित्र सम्पन्न गर्ने भन्ने विषयको निधो गरेर मात्र काम थालनी गर्नुपर्ने उनको भनाइ थियो । मैले पहिलादेखि नै भन्दै आइरहेको छु’ उनले भने, ‘मुख्य आवश्यकता के छ त्यसलाई प्रथामिकतामा राखौं । योजनाहरु छनोट गरेर बजेट अनुसार कार्यलाई आरम्भ गरेर चितवनबाट नयाँ सन्देश फैल्याऔं ।’

प्रचण्डले अब भाषण गरेर भन्दा काम गरेर जनतालाई देखाउने समय आएको बताए । अहिले विकास गर्न सबै कुराले साथ दिएको भन्दै उनले यो समयमा विकासका निम्ति एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पनि देश विकासका विषयमा सहयोग छ, उनले भने, ‘यस्तो मौकामा पनि विकास गर्न सकिएन भने सम्पुर्ण नेपालीको लागि दुःखको कुरा हुन्छ । सबैले यो कुरा बुझ्न जरुरी छ ।’

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सबै विकास एक पटक नहुने जिकिर गरेका छन् । थोरै बजेटमा धेरै विकास गर्छु भन्न थालियो भने कुनै पनि योजना सफल नहुने उनको भनाइ थियो । एउटा कामलाई निष्कर्षमा पुराएर अर्को कामको थालानी गर्नुपर्ने उनले बताए ।

चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले चितवनका धेरै भाग विकासबाट बञ्चित रहेको उल्लेख गर्दैै त्यसतर्फ पनि सबैको ध्यान जान आवश्यक रहेको बताए । विकासलाई शहर केन्द्रीत मात्र नभएर गाउँ केन्द्रित पनि गराउनुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 10 =