सार्वजनिक यातायातमा भएको भाडा वृद्धिविरुद्ध नेविसंघको चक्काजाम

काठमाडौँ, असोज ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारले यातायातमा १० प्रतिशत मूल्य वृद्धि गरेकोमा आपत्ति जनाउँदै जक्काजाम गरेका छन् ।

इन्धनको मूल्य वृद्धि भएसँगै सरकार र यातायात व्यवसायीबीच आइतबार भएको १० प्रतिशत भाडा बढाउने सम्झौताप्रति विरोध जनाउँदै नेपाल विद्यार्थी संघका नेता, कार्यकर्ताले आन्दोलनको कार्यक्रम अन्तर्गत सोमबार देशभरका क्याम्पसको मूलगेट अगाडि १ घण्टा चक्काजाम गरेका हुन् ।

चाडपर्वका बेला सर्वसाधारणलाई मारमा पार्नेगरी सरकारले यातायातमा भाडा वृद्धि गरेकाले विरोधमा उत्रिनु परेको संघले जनाएको छ ।

आन्दोलमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुले वृद्धि गरिएको यातायात, पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धि तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् ।

बिहान नौ बजेदेखि १० बजेसम्म एक घण्टा चक्काजाम गर्न प्रर्दशनी मार्गमा भेला भएका संघका नेता, कार्यकर्ताहरुले उनीहरुले ६ महिनामा पनि सरकारले जनताले सेवा दिने कुनै पनि काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा समेत माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =