जुत्ता लगाउँदा खुट्टा गन्हाउँने समस्याबाट कसरी छुट्कारा पाउँने

जुता लगाउँदा खट्टा गन्हाउने समस्याले धेरैलाई सताउने गर्दछ । हामीले दिनानु मोजा धोएर लगाउँदा नि खुटुटा गन्हाउने हुन्छ । कहिले काही गन्हाउने खुट्टाले गर्दा सबैको अगाडी लज्जित बन्नु पर्ने हुन्छ । तल दिएका कुराहरु अपनाउनु भयो भने खुट्टा गन्हाउने समस्या बाट राहत मिल्नेछ ।

कागतीः कागती पानी मिलाएर खुट्टा धोए पनि खुट्टा गनाउने समस्याबाट छुटकारा पाउन सिकन्छ । अझ कागती टुक्रा लिएर खुट्टामा दलेर खुट्टा धोए भने त्यसको असर झन् चाँडो हुन्छ ।

नुनः नुनले खुट्टाबाट आउने दुर्गन्धलाई कम गर्छ । मन्तातो पानीमा नुन हालेर खुट्टा केहीबेर राख्नुहोस् र त्यसपछि राम्रोसँग चिसो पानीले धुनुहोस् ।

बेकिङ सोडा : बेकिङ सोडा खुट्टाको दुर्गन्ध रोक्ने सबैभन्दा सरल र सस्तो उपाय हो । मनतातो पानीमा दुई चम्ची बेकिङ सोडा र कागतीको रस राख्नुहोस् । त्यसपछि त्यसमा १० मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस् । त्यसपछि खुट्टामा सफा मोजा लगाउनुहोस् । यो हप्तामा कम्तिमा एकपटक गर्नुहोस् । चियापत्ति
चियापत्तिलाई पानीमा हालेर त्यसमा खुट्टा डुबाएर राख्नुहोस् । यसले खुट्टाको दुर्गन्ध कम गर्न मद्दत गर्छ ।

स्याउको भिनेगर : एउटा भाँडामा पानी लिनुहोस् र एक चौथाई कप विनेगर हाल्नुहोस् । त्यसमा १० मिनेटसम्म खुट्टालाई डुबाएर राख्नुहोस् । त्यसपछि खुट्टा पुछेर क्रिम लगाउनुहोस् ।

टालकम पाउडर : जुत्ता लगाउनुभन्दा अघि टालकम पाउडर खुट्टामा छर्किनुहोस् । पाउडरले पसिनाको गिलोपनलाई सोस्ने काम गर्छ जसले गर्दा पसिना कम निसकन्छ । जुत्तामा पनि पाउडर छर्केर लगाउन सकिन्छ ।

मकैको धुलोः कर्नफ्लोरको उपयोग खुट्टामा नलगाएर जुत्तामा हाल्नुहोस् जसले गिलापन सोस्न मद्दत गर्छ ।

गुणस्तरीय मोजा : मोजा छनोट गर्दा पूर्ण रूपमा कपडाको छनोट गर्नुपर्छ । नाइलन अथवा पोलिष्टर मिसिएको कपडा भएमा तपाइँ खुट्टा पोल्रने र गन्हाउने गर्छ ।

डिटोल साबुनको प्रयोग : यदि यी सबै उपाय अपनाउँदा पनि खुट्टा गन्हाउन कम भएन भने पर्याप्त मोजा किन्नुहोस र हरेक दिन खुट्टा र मोजा डिटोल साबुनले सफा गर्नुहोस ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 20 =