७१ लाख ७९ हजार भारुसहित १ जना पक्राउ

टीकापुर, असोज ७ । कैलालीको भजनी नगरपालिका–३ बर्दवाफाँटाबाट नेपाल ल्याउँदै गरेको ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैयाँसहित एकजना पक्राउ परेका छन ।

लम्कि चुहा नगरपालिका–१ लम्कीका ३१ वर्षीय कृष्णराज जोशी नेपाली १ करोड १४ लाख ८६ हजार ८ सय ८० रुपैयाँ बराबरको भारतीय नोटसहित पक्राउ परेका हुन् ।

तत्कालिन उग्रतारा सशस्त्र प्रहरी गण टीकापुर र सशस्त्र प्रहरी बल भजनीको टोलीले जोशीलाई नेपाल–भारत सीमाको मरियाघाटबाट पक्राउ गरेको तत्कालिन उग्रतारा सशस्त्र प्रहरी गण टीकापुरका डिएसपी धिरेन्द्र शाहले जानकारी दिए ।

जोशीले से४प ६७६० नम्बरको मोटरसाइकलमा बोराभित्र केहि किरानाका सामान, आलु र पैसा लुकाइ ल्याएको डिएसपी शाहले बताए । उनले उक्त रकम राजश्व कार्यालयलाई बुझाउने शाहले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twenty =