शिक्षित बेरोजगारदेखि विदेशबाट फर्किएकासम्मले सस्तोमा ऋण पाउने, यस्तो छ व्यवस्था

“
काठमाडौँ, असोज ७ । सरकारले उत्पादनमूलक क्षेत्रका विकास र प्रवद्र्धनका लागि विभिन्न ७ शिर्षकमा सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने भएको छ ।
सरकारले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पाँच करोडसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाखसम्म, महिला उद्यमशील कर्जा पन्ध्र लाखसम्म ऋण उपलब्ध गराउने भएको छ छ ।
विदेशबाट फर्किएकाहरुले विदेशमा सिकेको सीपका आधारमा नेपालमा उद्यम गर्न चाहेमा सहुलियत ब्याजदरमा १० लाख रुपैयाँसम्मको ऋण पाउने पनि अर्थ मन्त्रालयले व्यवस्था गरेको छ । विदेशमा ६ महिना सीपयुक्त काम गरेको र विदेशबाट फर्केको ३ वर्ष ननाघेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।
त्यस्तै दलित समुदाय व्यवसाय विकास कर्जा दश लाखसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक कर्जा पाँच लाखसम्म, भूकम्प पीडितहरुको आवास निर्माण कर्जा तीन लाखसम्म सहुलियत ब्याजदरमा क्रण उपलब्ध गराउने भएको हो ।
ब्याज अनुदानमा उपलब्ध हुने ऋणको अन्तिम भुक्तानी अवधि पाँच बर्ष तोकिएको छ । सरकारले बैंकहरुले कति ब्याज निर्धारण गर्न सक्छन् भन्ने पनि टुङ्गो गरिदिएको छ ।
सरकारको प्राथमिकतामा रहेको यस्तो ऋणको ब्याज बैंकहरुले मनपरी तोक्न पाउँदैनन्। आधार दरमा दुई प्रतिशत बिन्दुभन्दा बढि नहुने गरी ब्याज लिनुपर्छ । यस्तो ऋणमा बैँकले ब्याजबाहेक अन्य कुनै पनि किसिमको सेवा शुल्क लिन पाउँदैनन् ।
सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि २०७५ अनुसार, व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाँच करोड रुपैयाँभन्दा बढी भएमा केन्द्रीय समन्वय तथा अनुगमन समितिबाट स्वीकृति लिनुपर्छ। पाँच करोडभन्दा बढि ऋण लिनेले २ प्रतिशत मात्र ब्याज अनुदान पाउने छन्।
यस्ता विभिन्न व्यवस्था गर्न बनेको ब्याज अनुदान सम्बन्धी कार्यविधि९२०७५लाई शुक्रबार मन्त्रिपरिषदले पास गरेको हो ।
व्यवयासयिक कर्जाका लागि सरकारले १८ वर्षे उमेरहद तोकेको छ भने दश लाख भन्दा बढी कर्जाको लागि अनिवार्य रुपमा हुनुपर्ने र एक करोडभन्दा बढीको कर्जाको लागि कम्पनी दर्ता हुनुपर्ने प्रावधान छ ।
त्यस्तै शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत कम्तीमा स्नातक तह उत्तिर्ण भएको र ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ । वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना अन्तर्गत भने श्रम स्वीकृति प्राप्त गरी या नगरी कुनै पनि देशमा कम्तीमा ६ महिना सम्बन्धित तालिम–पेशा–व्यवसाय–क्षेत्रमा काम गरी स्वेदेश फर्केको हुनुपर्नेछ । तर कुनै पनि देशको पिआर वा ग्रिनकार्ड भएकाले यो ऋण पाउँदैनन्। विदेशबाट फर्किएको तीन बर्ष नपुगेकाले मात्र यो ऋण पाउँछन्।
महिला उद्यमशिलता कर्जा अन्तर्गत १८ बर्ष उमेर पुरा भएको महिला वा समूहको हकमा फरक परिवारको कम्तिमा पाँच जना १८ वर्ष पुगेको हुनुपर्छ भने दलित सुदाय ब्यवसाय विकास कर्जा प्राप्त गर्नका लागि दलित जातजाति भित्रको १८ वर्ष उमेर पुरा भएको वा समूहको हकमा कम्तिमा पाँच जना १८ वर्ष उमेर पुरा गरेको हुनु पर्छ।
उच्च र प्राविधिक ब्यवसायिक शिक्षा कर्जाका लागि माध्यमिक शिक्षा वा त्योसरह उत्तिर्ण गरी २५ बर्ष ननाघेको, आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थीले यस्तो ऋण पाउँछन्। साथै स्वदेशको कुनै कलेज वा विश्वविद्यालयमा अध्ययन गरिरहेकाले यस्तो ऋण पाउने छन्।
यदि ऋण नतिरेमा कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने छ । त्यस्तै ऋणीको पासपोर्ट रोक्का गरिने
ऋणको नाममा रहेको चल अचल सम्पति बिक्रीमा बन्देज गरिने, बैंकमा भएको खाता रोक्का गरिनुका साथै सरकारी सेवा सुविधाबाट समेत वञ्चित गरिने उल्लेख गरिएको छ ।
“








