महिला हिंसाको विरोधमा ७७ वटै जिल्लामा आन्दोलन

काठमाडौँ, असोज ६ ।  नेपाल महिला सङ्घले देशभर बढ्दै गएको महिला हिंसाको विरोधमा ७७ वटै जिल्लामा रयाली  प्रदर्शन गर्ने भएको छ ।

सङ्घले आज पत्रकार सम्मेलन गरी निर्मला पन्तको दोषीलाई पत्ता लगाई कारवाही गर्नुपर्ने र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाको विरोधमा असोज ७ गते देशभर विरोध गर्न लागेको जानकारी दिएको हो ।

सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले भोलि देशभर महिला हिंसा र बढ्दो महँगीको विरोधमा प्रदर्शन गर्न लागेको जानकारी दिएकी छिन ।
काठमाडौँ, भक्तपुर र ललितपुरको संयुक्त विरोध ¥याली निकालेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनबुझाउन लागेको बताईन ।

अध्यक्ष रेग्मीले महिला हिंसाका दोषीलाई कारवाही गरेर पीडितलाई न्याय नदिएसम्म र महँगी नघटेसम्म महिला सङ्घले निरन्तर आन्दोलन गर्ने बताइृन ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twenty =