खुर्शिद अन्सारी हत्याकाण्डः सिआइवीको टोली सुनसरी आउँदै, भुटाहा बजार तनावग्रस्त

“
असोज ५, सुनसरी । शिक्षक मौलाना खुर्शिद अन्सारी हत्याकाण्डको अनुसन्धानको लागि केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) को टोली सुनसरी आउने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले दिएको जानकारी अनुसार काठमाडौंबाट सीआइबीको टोली सुनसरीका लागि प्रस्थान गरिसकेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले टोलीले सुनसरी पुगी आजैबाट हत्याको अनुसन्धान थाल्ने छ । यसैगरी घटना छानविनका लागि प्रदेश प्रहरीको संयोजकत्वमा ५ सदस्यीय उच्च स्तरीय छानविन समिति समेत गठन भैसकेको प्रशासनले जनाएको छ ।
भुटाहामा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई हिजो अपरिचित समूहले गोली हानी हत्या गरेपछि आज भुटाहा बजार तनावग्रस्त भएको छ ।
मृतकको शव आफन्तलाई बुझाउन र स्थानीयलाई शान्ति सुरक्षाको प्रत्याभूति दिन माग गर्दै आज स्थानीयहरुले भुटाहा बजारमा प्रदर्शन गरेका कारण अवस्था तनावग्रस्त बनेको हो ।
हजारौको संख्यामा रहेका स्थानीयहरुले भुटाहा बजारको विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् भने भुटाहा, हरीनगरा, भोक्राहा लगायतका बजार बन्द गरिएको स्थानीय नइम अंसारीले बताए ।
स्थानीयहरुले सर्वपक्षिय भेलामा गृहमन्त्री आउनुपर्ने अडान राखेका कारण सहमती हुन नसकेपछि भुटाहा बजार तनाव ग्रस्त बनेको छ । यता मृतकका आफन्त सहित मुस्लिम अगुवाबीचको वार्ता सकारात्मक भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले बताएका छन् ।
प्रजिअ उप्रेतीले सुरक्षाको प्रत्याभूतिको वातावरण सहित शब बुझ्ने र जायज माग सम्बोधन भइसकेको बताए । उनले घटना दुखद भएको भन्दै मृतकलाई सहिद घोषणा गर्न र घटनाको छानविन गर्न उच्च स्तरिय छानविन समिति गठन भइसकेको जनाए । अन्सारीको हत्या भारतीय सार्पसुटरबाट गराइएको आशंका छ ।
हेर्नुहाेस भिडियाे
https://www.facebook.com/makalukhabar/videos/459770111096853/”








